• ३ असार २०८१, सोमबार

अग्नि पीडितलाई पङ्खा वितरण

blog

चिम्टीका आगलागीपीडितलाई सिलिङ्ग पंखा वितरण गर्दै ।

धीरेन्द्रप्रसाद साह

राजविराज, जेठ १४ गते । तराई मधेशमा बढेको उखरमाउलो गर्मीका कारण आगलागीपीडित प्रभावित भइरहेका छन् । आगलागीमा सर्वस्व गुमाएका आगलागीपीडितहरू टन्टलापुर घाममा दिन काट्न साह्रै अप्ठ्यारो भइरहेको अवस्थामा नेपाली कांग्रेस सप्तरीले जिल्लाको महदेवा गाउँपालिका-१ चिम्टीका अग्नि पीडितहरूलाई एक-एक थान सिलिङ पङ्खा वितरण गरेको हो ।

कांग्रेसका नेतृ निशु काफ्लेले उपलब्ध गराउनुभएको ६६ थान सिलिङ पङ्खा अग्निपीडित परिवारजनलाई वितरण गरिएको हो । अहिलेको उखरमाउलो गर्मीबाट थोरै राहत पाउन भनेर अग्नि पीडितहरूलाई सिलिङ पङ्खा उपलब्ध गराइएको नेतृ काफ्लेले बताउनुभयो । "अहिले प्रचण्ड गर्मी छ, लु चलेको अवस्था रहेको देखेर प्रतिपरिवार एक-एक थानका दरले सिलिङ पङ्खा उपलब्ध गराएको छु," उहाँले भन्नुभयो ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनयकुमारलाल कर्ण, पूर्वअध्यक्ष ओमप्रकाश शाह, नेपाल विद्यार्थी सङ्घका जिल्ला सभापति राकेश ठाकुर र सो वार्डका वडाध्यक्ष जयश्वरकिशोर दास लगायतकाले पङ्खा वितरण गर्नुभएको हो । गत वैशाख १८ भीषण आगलागी हुँदा चिम्टीका ६६ परिवारका एक सयभन्दा बढी घर जलेर खरानी भएको थियो ।