• १२ पुस २०८१, शुक्रबार

भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा छौँ

blog

पूर्वी मोरङको उर्लाबारी नगरपालिकाका स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा ८५.५ अङ्क प्राप्त गर्ने मोरङको एक मात्र नगरपालिका हो । त्यस्तै स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (फ्रा) मा ८४.४ अङ्क प्राप्त गरेर कोशी प्रदेशमा सुशासन कायम भएको नगरपालिका बन्न सफल नगर हो । संस्थागत स्वमूल्याङ्कन र वित्तीय सुशासनमा प्रदेशभरमै उत्कृष्ट उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलसँग पछिल्लो दुई वर्षमा भए गरेका महत्त्वपूर्ण कामका विषयमा गोरखापत्र दैनिकका उर्लाबारी समाचारदाता हरिप्रसाद कोइरालाले गर्नुभएको कुराकानी :

निर्वाचित भएपछि तपाईंले गर्नुभएका महत्त्वपूर्ण काम के के हुन् ?

हामी निर्वाचित भएर आएको दुई वर्ष पूरा भएको छ । यो बिचमा काम गर्नका लागि आवश्यक ऐन र कार्यविधि बनायौँ अनि सुशासनलाई केन्द्रमा राखेर शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि महìवपूर्ण काम गरेका छौँ । सरकारी विद्यालयलाई पूर्वाधार सम्पन्न बनाई स्थानीय पाठ्यव्रmमको समेत व्यवस्थापन गरेको छौँ । विद्यालयमा खानेपानी, शौचालय जस्ता आधारभूत आवश्यकता पूरा ग-यौँ जसले गर्दा सरकारी विद्यालयप्रतिको आकर्षण बढेको छ । अति विपन्न एक हजार सात सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका छौँ । अझ रोग नै नलागोस् भनेर हरेक वडामा योगाभ्यासको प्रशिक्षण सुरु गरेका छौँ । मानिसलाई स्वस्थ बन्नका लागि आर्थिक, सामाजिक, सांस्कृतिक र नैतिक शिक्षा चाहिन्छ भन्ने हाम्रो मान्यता हो । स्वास्थ्य क्षेत्रमा धेरै सुधार भएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र, आवश्यकता हेरी सहरी स्वास्थ्य केन्द्र र राजघाट आयुर्वेद अस्पताललाई पूर्वाधार सम्पन्न बनाएका छौँ । किसानका गरा गरामा पानी पु-याउन सिँचाइको व्यवस्था मिलाएका छौँ । कृषिमा जथाभाबी अनुदान दिने व्यवस्था हटाएर माटो परीक्षण निःशुल्क गरिदिने र त्यस्ता किसानलाई मात्र नगरका कार्यव्रmममा सहभागी गराउन थालेका छौँ । नगरभित्रका पाँच वटा खानेपानीलाई एकीकरण गरी एउटा निर्देशन समिति बनाएका छौँ । अबको डेढ वर्षभित्र नगरका सबै वडामा स्वच्छ पिउने पानी पु-याउने हाम्रो लक्ष्य छ । हामी यो लक्ष्यको नजिक पुगेका छौँ । नगरको मेघा आयोजनाका रूपमा बव्रmाहा विष्णु गङ्गाघाट निर्माण अन्तिम चरणमा छ । नगरले पाँच बिघाभन्दा बढी खोला उकास जमिन नगरको मातहतमा ल्याइसकेको छ । नगरले खोला उकास ऐलानी पर्ती जमिनमा बस्ती निर्माण गर्ने वा अरू कुन प्रयोजनमा ल्याउन सक्छ भन्ने विषयमा हामी छलफलमा छौँ । नगरको कुल क्षेत्रफलमध्ये ३६ प्रतिशत क्षेत्रफललाई कृषि क्षेत्र घोषणा गरेका छौँ ।

उर्लाबारी नगरपालिकालाई समृद्ध नगर बनाउने प्रमुख आधार के के हुन् ?

उर्लाबारीलाई कृषि, पशुपालन र पर्यटन उद्योगबाट समृद्ध बनाउन सकिन्छ । हामीले कृषि उत्पादन वृद्धि गर्न माटोको निःशुल्क परीक्षण गरी जैविक मलको प्रयोगबाट उत्पादन बढाउन किसानसँग सहजीकरण गरिरहेका छौँ । बेतेनी सिमसार, लामपाते सिमसार, बुढाठाकुर सिमसारलगायत थुप्रै प्राकृतिक उपहार हामीकहाँ छन् । तिनको प्रवर्धनका लागि नगरले अहिले पनि काम गरिरहेको छ । मदन भण्डारी सङ्ग्रहालय, धिमाल जातीय विकास केन्द्र जस्ता देशमा कहीँ नभएका हेर्न लायक ठाउँ उर्लाबारीमै छन् । पर्याप्त स्रोतसाधन खर्चेर ती स्थानमा सौन्दर्य भर्ने हो भने उर्लाबारी आन्तरिक पर्यटनको केन्द्र बन्न सक्छ । पशुपालन क्षेत्रमा पनि नगरले धेरै काम गरिरहेको छ । दुधमा नगर आत्मनिर्भर बनिसकेको छ भने तरकारीमा पनि आत्मनिर्भर बन्ने गरी काम गरिरहेका छौँ । फूलमा समेत नगरलाई आत्मनिर्भर बनाउने तयारी छ ।  

नगरको आन्तरिक आर्थिक स्रोतको अवस्था कस्तो छ ?

गत वर्ष नगरको आन्तरिक आम्दानी पाँच करोड रुपियाँ थियो । चालु आर्थिक वर्षमा आठ करोड रुपियाँ नाघ्ने देखिन्छ । हाम्रो अर्जुन दृष्टि नै नगरको आन्तरिक आम्दानी बढाएर परनिर्भरता अन्त्य गर्नु हो । स्थानीय तहलाई आत्मनिर्भर बनाउनका लागि घरबहाल कर, खोलाजन्य आम्दानीलाई व्यवस्थित गर्ने, खोलाजन्य पदार्थको ‘स्टोक प्रमाणीकरणलाई अझ वैज्ञानिक बनाउने, सामुदायिक वनबाट प्राप्त हुने रोयल्टी समयमा नै प्राप्त गर्ने लगायतका काम भइरहेका छन् । नगरमा छ वटा कृषि बजार छन् । ती बजारलाई अझ व्यवस्थित बनाउन सकियो भने नगरको आन्तरिक स्रोतले पनि सानातिना विकासका काम गर्न सङ्घ र प्रदेश सरकारको मुख ताक्नु पर्दैन । 

नगरमा सञ्चालन भएका ठुला आयोजना के के हुन् ?

नगरको वडा नम्बर २ मा विश्व बैङ्कको आर्थिक सहायतामा साढे पाँच किलोमिटर सडक कालोपत्रे भइरहेको छ । आरआरएनले २७ करोड रुपियाँको परियोजना दिने सहमति भइसकेको छ । विश्व बैङ्क, रतुवा मावा तटबन्ध आयोजना, कोशी बव्रmाहा तटबन्ध आयोजनाको सहयोगमा छ किमी तटबन्ध भएको छ । महिला हिंसा न्यूनीकरणका लागि छ वटा नगरका लागि ६० करोड रुपियाँको परियोजना प्राप्त भएको छ । त्यसमा मोरङको उर्लाबारी नगर मात्र परेको छ । स्थानीय स्रोत, सङ्घ र प्रदेशबाट मात्र होइन दातृ संस्थाबाट पनि नगरमा ठुला आयोजना सञ्चालन भइरहेका छन् । 

नगरको बजेटबाट सम्पन्न हुन नसक्ने विकास आयोजना के के छन् ?

थुप्रै पुल, सडक कालोपत्रे गर्न बाँकी छ । नगरको सीमित स्रोतबाट त्यो सम्भव छैन । झुम्राहा पुल निर्माणलाई नगरको गौरवको आयोजनाका रूपमा राखिए पनि त्यो निर्माण गर्न सकिएको छैन । रामनगरबाट इलाका प्रशासन कार्यालयको नयाँ भवन जाने सडकको सोल्टी खोलामा पुल निर्माण गर्नुपर्ने छ । भानुमार्ग–लामाटोल हुँदै चौधरी बस्ती पुग्ने सडक, आइतबारे–मिक्लाजुङ सडक कालोपत्रे गर्नुपर्ने छ । यो सडक पनि स्थानीय स्रोतबाट सम्भव छैन । उर्लाबारीको फोहोरको दिगो व्यवस्थापन गर्न समेत हामीले सकिरहेका छैनौँ ।

नगर विकासको प्रमुख चुनौती के के हुन् ?

ढल व्यवस्थापन नहुँदा वर्षायाममा पानीको निकास हुँदैन । त्यसैले नगरका कतिपय स्थान डुब्ने गरेका छन् । सात वटा खोला छन् । ती पानीले बर्सेनि तटबन्ध बिगार्ने गर्छ । दिगो तटबन्धका लागि सङ्घ र प्रदेश सरकारसँग धेरै पटक धाइसक्यौँ तर समस्या समाधान भएको छैन । विपन्न वर्गको उपचारका लागि नगरले पर्याप्त सहयोग गर्न सकेको छैन । फोहोरमैलाको स्थायी र दिगो समाधानका लागि डम्पिङ साइट निर्माण गर्न ठुलो चुनौती छ । १० वर्षदेखि नगरको बसपार्क अलपत्र छ । धेरै प्रयासपछि बल्ल २२ करोड रुपियाँ नगर विकास कोषबाट स्वीकृति भएको छ । कृषिमा विषादी र रासायनिक मलको प्रयोग घटाउन सकिरहेका छैनौँ । पछिल्लो समय जैविक मलका उद्योगहरू खुलेपछि केही राहत भएको छ । 

उर्लाबारी नगरपालिकाबाट देशका अरू स्थानीय तहले सिक्नुपर्ने केही छ ?

अवश्य छ । हामीले अति विपन्न परिवारलाई काजकिरिया खर्चबापत १२ हजार रुपियाँसम्मको जिन्सी सामग्री दिँदै आएका छौँ । उर्लाबारी शववाहन र एम्बुलेन्स निःशुल्क भएको नगर हो । नगरमा बहुमत हुँदाहुँदै पनि हामीले सर्वदलीय सहमतिबाट निर्णय गर्ने गरेका छौँ । कुनै पनि नयाँ निर्णय लिँदा विवाद नभएको हो, उर्लाबारी । सडक, पुल बनाउने मात्र विकास होइन । स्वस्थ बन्न शारीरिक, मानसिक, आर्थिक र शैक्षिक रूपमा स्वस्थ बन्नु पर्छ भनेर हामीले योगासन कार्यव्रmम वडा वडामा लगेका हौँ । भ्रष्टाचारमुक्त नगर बनाउने अभियानमा छौँ । हामीले प्राप्त गरेका उपलब्धिलाई जोगाउँदै सुशासनका क्षेत्रमा देशमै नमुना नगर बनाउनु छ ।