• ३ असार २०८१, सोमबार

तिम्रो झल्को आइरन्छ (कविता)

blog

तिम्रो झल्को आइरन्छ मलाई जहिले पनि 

मेरो मुटुभित्र रहेकी छ्यौ तिमी अहिले पनि 


कहिले आँसु दिन्थ्यौ, कहिले मलाई खुसी 

तिम्रै कारण यो संसारमा भए म दुःखी 

बिर्सन सक्दिनँ म तिम्ले छाडी गए पनि 

मेरो मुटुभित्र रहेको छ्यौ तिमी अहिले पनि 


मेरो माया तिम्रो लागि भयो किन सस्तो 

तिम्रै कारण भइरहन्छ रोई रहुँ जस्तो 

मैले नजिक ठानी रहेँ तिम्ले टाढा ठाने पनि 

मेरो मुटुभित्र रहेकी छ्यौ तिमी अहिले पनि 


तिम्रो झल्को आइरन्छ मलाई अहिले पनि 

मेरो मुटुभित्र रहेकी छ्यौ तिमी अहिले पनि ।