• ५ जेठ २०८१, शनिबार

काठमाडौंमा उम्मेदवारी दर्ताको चहलपहल (फोटो फिचर)

blog

उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन कार्यालय भृकुटीमण्डप पुग्नुभएका काठमाडौंको मेयर पदका उम्मेदवार र्‍यापर बालेन शाह । तस्बिर: मनोजरत्न शाही

 काठमाडौं, वैशाख ११ गते। वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि आइतबारबाट मनोनयन दर्ता सुरु भएको छ। राष्ट्रियसभा गृहमा रहेकाे काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर काठमाडौंका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

उम्मेदवारी दर्ताका लागि तोकिएको पहिलो दिन काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार र्‍यापर बालेन शाहले मनोनयन दर्ता गराउनुभएको छ। काठमाडौंको सडक विस्तारविरुद्धको आन्दोलनमा सक्रिय रहनुभएका सुमन साय्मीलेसमेत मेयर पदको मनोनयन दर्ता गराउनुभएको छ । 

राष्ट्रियसभा गृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। प्रमुख दलका उम्मेदवारले भने आइतबार उम्मेदवारी दर्ता गरएका छैनन्।  तस्बिर: मनोजरत्न शाही