• १६ भदौ २०८१, आइतबार

राष्ट्रसंघका महासचिवले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने

blog

न्यूयोर्क, वैशख १० गते । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अप्रिल २८ मा युक्रेनको भ्रमण गर्ने  बताइएको छ । सो अवसरमा महासचिव गुटेरेसलेले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विदेशमन्त्री दिमिट्रो कुलेबासँग भेट गर्नेछन् ।

महासचिवले अर्को हप्ता युक्रेनको भ्रमण गर्नेछन् । उनले विदेशमन्त्री दिमिट्रो कुलेबासँग कार्य बैठक गर्नेछन् र अप्रिल २८ मा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्वागत गर्नेछन् ।

उनले युक्रेनका जनतालाई मानवीय सहायताको मात्रा बढाउने विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघीय निकायका कर्मचारीसँग पनि भेट गर्नेछन्,’ संयुक्त राष्ट्रसंघको प्रेस सेवाले एक विज्ञप्तिमा भनेको छ।  महासचिव गुटेरेस रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट्न मस्को जाने घोषणा भएको केही घण्टापछि यो घोषणा गरिएको हो ।

महासचिवका सहायक प्रवक्ता एरी कानेकोले शुक्रबार उक्त भ्रमणको घोषणा  गरिएको हो। क्रेमलिनले पनि पुटिन र लाभरोभले भेट्ने बताएको छ ।

'महासचिवले रुसी संघको मस्को भ्रमण गर्नुहुनेछ जहाँ मङ्गलबार अप्रिल २६ मा उहाँले विदेशमन्त्री सेर्गेई लाभरोभसँग कार्य बैठक र दिवाभोज गर्नुहुनेछ र राष्ट्रपति भ्लादिमिर पुटिनले स्वागत गर्नेछन्,' सहायक प्रवक्ताद्वारा बताइएको छ ।

कानेकोले पुटिन र लाभरोभले गुटेर्रेससँग सोही दिन भेट हुने उल्लेख गरे । मङ्गलबार गुटेरेसले युक्रेनमा चार दिनको मानवीय कार्यको लागि युद्ध विराम गर्न द्वन्द्वका सबै पक्षहरूलाई आह्वान गर्दै वार्ता र शान्तिको लागि  समेत आग्रह गरेका  छन् ।