• ५ जेठ २०८१, शनिबार

रोड रेसमा मुकेश र सन्तोषी पहिलो

blog

रोड रेस विजेता मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ उपाधिसहित । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख १० गते । मुकेशबहादुर पाल र सन्तोषी श्रेष्ठ तेस्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो हुनुभएको छ । पुरुषमा मुकेशले निर्धारित दूरी १५ मिनेट २९.०६ सेकेन्डमा पूरा गर्नुभयो । गजेन्द्र राई १५ मिनेट ४०.४० सेकेन्डमा दौड सक्दै दोस्रो र श्रीकास राई १५ मिनेट ४३.०९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो हुनुभयो । 

महिलामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी १८ मिनेट १३.५९ सेकेन्डमा पूरा गर्नुभयो । सागकी रजत विजेता पुष्पा भण्डारी १८ मिनेट ४२.४५ सेकेन्डमा दौड सक्दै दोस्रो र निर्मला केसी १९ मिनेट ४४.४३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । 

खुलामा शीर्षतीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र आठ हजार रुपियाँ पुरस्कार पाउनुभयो । रन क्लब नेपाल र नेपाल खेलकुद महासंघद्वारा संयुक्त रुपमाआयोजित प्रतियोगिताको स्कुलतर्फ छात्रमा विश्वराम कुँवर पहिलो, ईश्वरचन्द्र बस्नेत दोस्रो र विकेश घिमिरे तेस्रो हुनुभयो । छात्रामा सरस्वती बोहरा पहिलो, सोनु घतानी दोस्रो र अन्जु खड्का तेस्रो हुनुभयो । छात्र÷छात्रामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १०, पाँच् र तीन हरा रुपियाँ पुरस्कार पाउनुभयो । 

ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भएको दौड शहरका विभिन्न ठाउँ हुँदै पुनः त्यही पुगेर सकिएको थियो । दौडमा दुई सय ५० प्रतिस्पर्धीको सहभागिता रहेको थियो । विजेतालाई पूर्व मन्त्री भानुभक्त ढकाल, नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेत, रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।