• १६ भदौ २०८१, आइतबार

फुङ्लिङमा बिहीबार सार्वजनिक बिदा

blog

फुङ्लिङ नगरपालिकाको कार्यालय। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २ गते। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ। 

नगरपालिकाले बिहीबारदेखि सुरु हुने ताप्लेजुङ पर्यटन महोत्सव तथा अन्तर पालिकास्तरीय मेयर कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटनमा एक दिन स्थानीय सार्वजनिक बिदा दिएको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलले बुधबार सूचना जारी गर्दै फुङ्लिङ नगरपालिकामा बिहीबार एकदिनका लागि सार्वजनिक बिदा दिएको उल्लेख गर्नुभएको छ।

बिदाको दिन अत्यावश्यक सेवाबाहेक नगरपालिका कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु बन्द हुने छन्।

फुङ्लिङ नगरपालिकाको आयोजनामा अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता बिहीबार सुरु हुनेछ भने ताप्लेजुङ पर्यटन महोत्सव पनि सोही दिनदेखि सुरु हुँदैछ। सदरमुकाम फुङ्लिङमा आयोजना गरिएको पाँच दिने पर्यटन महोत्सव जेठ ७ गते सोमबार सम्पन्न हुनेछ। फुङ्लिङ नगरपालिकामा ११ वटा वडा छन्।