• ८ वैशाख २०८१, शनिबार

एसइई परीक्षा दिन उमेर र पदले छेकेन

blog

ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद एसईई दिन जाँदै । तस्बिर : धर्मेन्द्र बिसी

धर्मेन्द्र बिसी 

मंगलसेन (अछाम), वैशाख ९ गते । अछाम जिल्लाको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउदले ३९ वर्षको उमेरमा एसइइ परीक्षा दिनुभएको छ । शुक्रबारदेखि सुरु भएको माध्यमिक तह एसईई परीक्षा ढकारी गाउँपालिका वडा नं. २ को कालिका मावि परीक्षा केन्द्रबाट परीक्षा दिनुभएको हो । 

२०७४ को स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट ढकारी गाउँपालिका उपाध्यक्ष बन्नुभएकी लक्ष्मी साउदले पढ्नलाई उमेरले नछेक्ने भन्दै आफूले एसइई दिएको बताउनुभयो । आमाबुवाको आर्थिक अवस्था कमजोर र समाजमा छोरी पढाउनु पर्छ भन्ने चेतनाको कमीका कारण आफूले उमेरमा बढ्न नपाएको बताउनुभयो ।

साउदले पढ्नलाई उमेरले कहिले नछेक्ने भएकाले आफूले एसईई दिएको बताउनु भयो । साथै आफू उपाध्यक्ष भइसकेपछि शिक्षाको महत्व बुझेको र आगामी दिनहरुमा पढाइलाई निरन्तरता दिने बताउनु भयो ।