• १७ असार २०८१, सोमबार

ऊर्जामन्त्री भुसालसँग इस्टोनियाका राजदूतको शिष्टाचार भेट

blog

काठमाडौँ, वैशाख  गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा उहाँहरूबीचको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको बताइएकाे छ ।

भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध अझैँ विस्तारका लागि पर्यटन आवागमनलाई थप प्रवर्ध  गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ । स्टाेनिया देश उत्तरपश्चिमी युराेपेली देश हाे, जुन शितयुद्धपछि साेभियत सङ्घबाट अलग भएकाे थियाे ।

जलविद्युत विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, “नेपाल जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिनुहुँदै नेपालसँग सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताउनुभयो ।

नेपाल र इस्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ । स्टाेनिया देश उत्तरपश्चिमी युराेपेली देश हाे, जुन शितयुद्धपछि साेभियत सङ्घबाट अलग भएकाे थियाे ।