• ६ जेठ २०८१, आइतबार

सर्वोत्कृष्ट विद्यार्थीलाई वेदनिधि-धनकुमारी कोइराला छात्रवृत्ति पुरस्कार

blog

गोकुल भुजेल

भोजपुर, वैशाख २५ गते। भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत रोशन लुइँटेल, अस्मिता घिमिरे र प्रितम राईलाई वेदनिधि-धनकुमारी कोइराला छात्रवृत्ति पुरस्कार प्रदान गरिएको छ। 

क्याम्पसको व्यवस्थापन सङ्कायमा अध्ययनरत सम्पूर्ण विद्यार्थीमध्ये सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने रोशन लुइँटेल, शिक्षा शास्त्र सङ्कायतर्फ अस्मिता घिमिरे र मानविकी सङ्कायतर्फ प्रितम राईले क्रमशः नगद १५ हजार ५ सय ५५ रुपियाँ र मेडल पुरस्कार प्राप्त गर्नुभएको हो। 

सबै विद्यार्थीलाई क्याम्पसमा औपचारिक कार्यक्रम आयोजना गरी कोषका संरक्षक शङ्कर कोइरालाको उपस्थितिमा वितरण गरिएको हो। छात्रवृत्ति वितरण कार्यक्रममा उपस्थित अतिथिले क्याम्पसको क्याम्पस प्रमुख भुलानाथ राईका अनुसार क्याम्पसको वर्तमान भौतिक तथा शैक्षिक अवस्था कमजोर रहेको छ। यसअघि क्याम्पसमा ई–लरनिङ सेन्टर स्थापनाका लागि शङ्कर कोइराला संरक्षक रहेको ईश्वर मन्दिरले क्याम्पसलाई कम्प्युटर लगायत प्रविधि हस्तान्तरण गरेको थियो। 

यो वर्ष क्याम्पसमा अध्ययनरत विद्यार्थीको पठनपाठन सुधारका लागि ६ लाखको छात्रवृत्ति कोष स्थापना गरेको छात्रवृत्ति कोषका संरक्षक शङ्कर कोइरालाले जानकारी दिनुभयो।