• १२ साउन २०८१, शनिबार

बैतडीका हजारौं हेक्टर वनमा आगलागी

blog

गोकर्ण दयाल
बैतडी, वैशाख ८ गते ।
बैतडीको बिन्द्रावन, भूमिराज, श्रीकेदार र सेला सामुमदायिक वनमा लागेको आगो नियन्त्रण हुन सकेको छैन । एक हप्तादेखि लागेको आगोले हजारौं हेक्टर वन क्षेत्र सखाप पारेको छ ।

बैतडीको पाटन नगरपालिका र सिगास गाउँपालिकाका एक दर्जनभन्दा बढी वनमा आगलागी भएको छ । स्थानीय नरेन्द्रबहादुर ऐरीले सिगास गाउँपालिका–१, का चार वटा सामुदायिक वनमा वर्षेनी आगलागी हुने गरेको बताउनुभयो ।

ऐरीले भन्नुभयो,“डढेलोका कारण रुख मात्रै होईन, खानेपानीका पाइपसमेत जलेका छन् । धुँवाका कारण गाउँमा बसिसक्नु छैन । पिउने पानी छैन । आँखा पोलिरहका छन् ।” 

अर्का स्थानीय पदमबहादुर ऐरीले वनहरुमा डढेलो लागेका कारण मानवको स्वास्थ्यमा समेत विभिन्न खालका समस्याहरु देखा परेको बताउनुभयो ।

“आगोका कारण गाउँमा धँुवाको मुस्लो उडिरहेको छ । धुवाँले स्वास फेर्न गाह्रो परिरहेको छ । डढेलोका कारण पानीका मूहान समेत सुक्दै गएका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘आगो नियन्त्रण गर्न अहिलेसम्म वन कार्यालय र सामुदायिक वनका पदाधिकारी आएका छैनन् ।”

उहाँले सामुदायिक वनका पदाधिकारी र ढिभिजन वन कार्यालयको मिलोमतोमो यहाँ वर्षेनी हजारौं हेक्टर सल्लाको काठ निकासी हुने गरेको भए पनि वन हेरालु नराखिएको बताउनुभयो ।

डढेलोका बारेमा सूचना आएपछि आगो नियन्त्रणका गर्न सामुदायिक वनका पदाधिकारी र सव वन डिभिजन कार्यालयका कर्मचारी खटाएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो ।

डिभिजन प्रमखु कँडेलले भन्नुभयो,“आवश्यक परेर म आफैँ पनि अनुगमनमा जाने तयारीमा छु । जानाजान कसैले वनमा आगलागी गरेको पाइएमा कानुन अनुसार कारबाही हुन्छ ।”

वन ऐन अनुसार राष्ट्रिय वनमा आगो लगाए तीन वर्ष कैद र ६० हजार जरिवाना हुने डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीमा ३७५ वटा सामुदायिक वन रहेका छन् ।