• ५ जेठ २०८१, शनिबार

कौशीकी आरती चतराधामको आकर्षक बन्दै

blog

सप्तकोशी नदीकिनारमा कौशीकी आरती गरिँदै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख २२ गते ।
 कुम्भ नगरी चतरा धाम आउने धार्मिक पर्यटकहरू वराहक्षेत्र मन्दिर, हनुमान मन्दिर, राधाकृष्ण मन्दिर, सिस महल र औलिया मठको दर्शनपछि साझामा कौशीकी आरतीमा सहभागी हुने गरेका छन् ।

प्राचीन हरिद्वार चतराधाम क्षेत्रको दुर्वासा घाट कोशी किनारमा हुने सङ्गीतमय कौशीकी आरतीमा हजारौँ श्रद्धालुहरूले सहभागी जनाउँदै आएका छन् । हरेक दिन बेलुका साझा कौशीकी माहाआरती सप्तकोशी नदीको दुर्वासा घाट क्षेत्रमा हुँदै आएको जगत् गुरु पिठका सचिव विहारी शरण सुनिल भट्टराईले जनकारी दिनुभयो । सात वटा कोशी मिलेर बेनेको सप्तकौशीकी नदी किनारमा सात जना गुरुहरूले दैनक साझ महाँ आरती गर्दै आउनु भएको छ ।

तत्कालीन मन्त्री रामकुमार सुब्बाले कौशीकी नदीमा महाअरतीको उद्घाटन गरेर सुरु गरिएको कौशीकी आरती बाह्र वर्षदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको हो । सङ्गीतमय कौशीकी आरती हेर्न प्रत्येक साँझ, कोशी नदीको एक मात्र स्थानमा हुने महाआरती हेर्ने भक्तजहरुको भीड लाग्ने  गरेको जगतगुरु पिठले जनाएको छ ।

प्राचीन हरिद्वार चतराधामा हुँदै आएको कौशीकी आरती चतराधामको प्रमुख आकर्षकको केन्द्र बन्दै आएको स्थानीय अमर कटुवालले बताउनुभयो । उहाँका अनुसार आरतीमा सहभागी हुन दैनिक भक्तजनहरू उपस्थिति हुने गरेका छन् । 

कौशीकी आरतीको लागी सप्तकोशी किनारमा बनाइएको सिढी चौतालको खुल्ला ठाउँमा सात जना ब्रम्हणहरु द्वारा एकै साथ आरतीको भजन र सङ्गीतको धुनमा महा आरती हुँदै आएको छ । ठुलो आरती बिचमा र सानो आरती साइटमा रहेर कपुर, बात्ती र सुगन्धित वस्तुहरूको मिश्रण गरी आरती गरिँदै आएको स्थानीय युवराज भट्टराई बताउनु हुन्छ । सङ्गीतमय आरतीमा भक्तहरूको नित्य र एक साथ बजे तालिले सप्तकोशी किनारै गुन्जयमान हुँदै आएको छ । आरतीमा सहभागी ब्रम्हाणहरुले आरती घुमाएको दृश्य निकै मनमोहक दुष्यले सबैको मन लोभ्याउँदै आएको छ ।

आरती सुरु हुनुभदा अगाडी नै धार्मिक पर्यटकहरू र स्थानीय बासीहरू ईश्वर प्रति आफ्नो समर्पण वा प्रेम दर्साउन आरती स्थलमा सहभागी जनाउन पुग्ने गरेका छन् । वराहक्षेत्र घुम्न आउने पर्यटकहरू पनि साझा हुने कौशीकी आरतीमा सहभागी हुने गरेको जगत् गुरु पिठले जनाएको छ ।

पिठले आरतीको लागी दैनिक तिन हजार खर्च गर्दै आएको छ । पछिल्लो समय कुम्भ नगरी चतरा धाम धार्मिक आकर्षक स्थलको रूपमा विकास हुँदै गएपछि कौशीकी आरती लाई अझै व्यवस्थित बनाउँदै लैजाने र स्वदेशी तथा विदेशी धार्मिक पर्यटकलाई आरती आक्रर्षणको केन्द्र विन्दु बनाइने जगत् गुरु पिठले जनाएको छ ।