• १३ साउन २०८१, आइतबार

नेकपा (एमाले) सचिवालय बैठक बस्दै

blog

काठमाडौं, बैसाख ८ गते । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक विहीबार (आज) दिउँसो १ बजे बस्ने भएको छ ।

बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरका उम्मेद्वारका विषयमा छलफल गर्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोट बैठक बस्ने नेकपा एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । 

त्यस्तै गरी नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद्को प्रथम बैठक आजनै विहान ११ वजे शंखमूल स्थित  ए वान पार्टी प्यालेसमा बस्ने गोरखापत्र अनलाइनलाई रिजालले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बस्ने परिषद्को बैठक निर्वाचनका विषयमै केन्द्रीत हुने उहाँले बताउनुभयो ।