• १३ साउन २०८१, आइतबार

निर्वाचनमा काँग्रेस एक्लै लडेपनि गन्तव्यमा पुग्छ – डा. कोइराला

blog

काठमाडौं, वैशख ८ गते । सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेस एक्लै लडेपनि निर्वाचनमा पुग्ने आत्मविश्वास रहेको बताउनुभएको छ । 

नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसको अवसरमा स्थानीय निर्वाचनमा नेवि संघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा उहाँले स्थानीय निर्वाचनमा काँग्रेसले अन्य दलसँग गठबन्धन गर्न आवश्यक नरहेको धारणा राख्नुभयो ।

निर्वाचनमा आज के कारणले र किन हामी गठबन्धन गरेर अगाडि गइरहेका छौं ? भन्ने प्रश्न उहाँले गर्नुभयो । काँग्रेसको केन्द्रीय समितिले समेत निर्णय गरिसकेको अवस्थामा गठबन्धनका शीर्ष नेताहरुबीच यस्तो निर्णय भएकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त रहेको विषय उल्लेख गर्नुहुदै उहाँले निर्वाचनमा घर–घर गएर काँग्रेसको उम्मेदवार विजयी गराउन पनि उहाँले आव्हान गर्नुभयो ।

काँग्रेसको कुरा गर्दा बीपी कोइराला, किसुनजी, गणेशमान सम्झनुपर्छ, काँग्रेसको पृष्ठभूमि अरुभन्दा भिन्नै छ, उहाँले भन्नुभएको छ ।