• १९ असार २०८१, बुधबार

जसपाको निर्वाचन घोषणापत्र

पानीको महसुलमा दुई सय मिनाहा, हरेक पालिकामा चक्रपथ

blog

काठमाडौं, वैशाख ७ गते । जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । जसपाको १६ पृष्ठ लामो निर्वाचन घोषणापत्रमा पानीको महसुल मिनाहा गर्ने उल्लेख छ ।

‘शुद्ध पिउने पानीको सुविधा नपुगेका घरवस्तीमा खमोपानी सुविधा पुर्याइनेछ । सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको दुई सय रुपियाँसम्मको खानेपानी बिल निःशुल्क गरिनेछ ।’ घोषणापत्रमा लेखिएको छ ।

त्यस्तै, हरेक पालिकामा स्थानीय विशिष्टता अनुरुप सेरोफेरोमा चक्रपथ निर्माण गर्ने र आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजार रुपियाँ अनुदान घोषणा छ ।

यसैगरी, विद्यालय र घरवस्तीको दूरी एक घण्टाभन्दा बढी भएका विद्यार्थीहरुका लागि छात्रावास ‘होस्टल’ निर्माण, स्थानीय तहहरुले शिक्षामा कुल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने, हरेक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवा दिने पनि घोषणापत्रमा उल्लेख छ ।