• १२ साउन २०८१, शनिबार

पन्ध्र सयको आँखा परीक्षण, ६५ बिरामी शल्यक्रियाका लागि छनाेट

blog

गाउँमा भएको आँखा शिविरमा आँखा परीक्षण गर्दै

सोलुखुम्बु, वैशाख ७ गते । सोलुखुम्बुको विभिन्न छ वटा स्थानीय तहका १० स्थानमा सञ्चालित आँखा शिविरबाट ६५ जना मोतियाalन्दुका विरामी शल्यक्रियाका लागि छनाेट गरिएको छ । जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा भएको छनाेट शिविरमा एक हजार ४९४ जनाको आँखाको परीक्षण गर्दै मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनाेट गरिएको हो ।

माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३६९ जनाको आँखा परीक्षणमा १७ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि छनाेट भएका र ५३ जनालाई चश्मा र बाँकीलाई औषधि वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।

थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन र देउसामा २१४ जनाको आँखा परीक्षणमा ११ जना मोतियाबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनाेट गरिएको छ । 

सोताङ गाउँपालिकाको पावैमा १३२ जनाको आँखा परीक्षण गर्दा आठ जना, नेचासल्यानको विभिन्न स्थानमा २५९ जनाको आँखा परीक्षण गर्दा सात जना, महाकुलुङ गाउँपालिकाको गुदेलमा १४५ जनाको आँखा परीक्षणबाट १७ जना शल्यक्रियाका लागि छनाेट गरिएको हो भने १०६ जनाले चस्मा सेवा लिएका छन् । सोलुदूधकुण्ड नगरपालिकाको सिसाखोलाको शिविरमा १४९ जनाको आँखा परीक्षण गर्दा आठ जना शल्यक्रियाका लागि छनाेट गरिएको छ ।

निःशुल्क शल्यक्रियासहितको आँखा शिविर फाप्लुमा बिहीबार र शुक्रबार तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीको टोलीले गर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो ।







लेखक बाट थप