• १३ साउन २०८१, आइतबार

सूर्य नेपाल च्यालेन्ज गल्फमा रविको अग्रता

blog

सूर्य नेपाल च्यालेन्ज गल्फमा सट प्रहार गर्दै रवि खड्का । तस्बिर : एनपीजीए

काठमाडौँ, वैशाख ६ गते ।  ‘सूर्य नेपाल च्यालेन्ज’ गल्फ प्रतियोगिातको पहिलो दिन रवि खड्काले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबारदेखि सुरु भएको प्रतियोगितामा रविले ६ अन्डर ६२ खेल्नुभयो । 

सूर्य नेपाल गल्फ टुर अन्तर्गत बर्षको छैटौँ स्पर्धामा रविले पहिलो नौ होलमा चार अन्डर ३० र पछिल्लो नौ होलमा दुई अन्डर ३२ स्कोर राख्नुभयो । चारअन्डर ६४ स्कोरका साथ दीपक थापा र भुवन कुमार रोका संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ । तीन अन्डर ६५ स्कोरका साग सूर्यप्रसाद शर्मा र भुवन नगरकोटी चौथो स्थानमा हुनुहुन्छ । 

दुई अन्डर ६६ स्कोर खेल्नेमा एमेच्योर सुवास तामाङ सहित प्रोहरु सन्जय लामा, निरज तामाङ र राम मगर हुनुहुन्छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले आयोजना गरेको चारदिने प्रतियोगितामा २२ एमेच्योर सहित ५९ गल्फरको सहभागिता रहेको छ । ३६ होलको समाप्तिसँगै शीर्ष २१ खेलाडी थप ३६ होलको फाइनल राउन्डमा प्रवेश गर्नेछन् ।  

कूल पाँच लाख ४५ हजार पुरस्कार राशी रहेको प्रतियोगितामा प्रोतर्फको विजेताले एक लाख, उपविजेताले ६५ हजार र तेस्रो हुनेले ४६ हजार रुपियाँ पुरस्कार पाउनेछन्  । प्रोतर्फ फाइनलमा पुग्ने शीर्ष २१ खेलाडीलाई समेत आकर्षक नगद पुरस्कार प्रदान गरिने बताईएको छ । एमेच्योर तर्फको विजेताले आकर्षक ट्रफी हात पार्नेछन् ।