शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख ६ गते । पछिल्लो २४ घण्टामा दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा दश जनामा सङ्क्रमण देखिएको हो । त्यसैगरी, १३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण पुष्टि भएको छैन ।
मन्त्रालयका अनुसार २४ घण्टामा २६ जना सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३४ छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७२ हजार ६८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...