• १२ साउन २०८१, शनिबार

पाल्पाका चार पालिकामा एमालेबाट अध्यक्ष पदका लागि उम्मेदवार सिफारिस

blog


रेखीराम राना

पाल्पा, वैशाख ६ गते । नेकपा (एमाले)ले जिल्लाको चारवटा पालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको छ । तिनाउ, रैनादेवी छहरा, माथागढी र बगनासकाली गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाएको एमाले पाल्पाले जनाएको छ ।

एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेका अनुसार जिल्लाको रैनादेवी छहरामा अध्यक्षमा रामबहादुर राउत र उपाध्यक्षमा गीता घिमिरे र माथागढीको अध्यक्षमा यमबहादुर चिदी, तिनाउको अध्यक्षमा प्रेम श्रेष्ठको नाम सर्वसम्मत सिफारिस भएको छ । 

पाल्पाका दश वटा पालिकामध्ये बगनासकाली गाउँपालिकामा अध्यक्षमा सरस्वती चिदी र उपाध्यक्षमा हरि पाठकको नाम सिफारिस भएको छ । एमालेले पाल्पाका दश वटा पालिकामध्ये चार वटा पालिकामा अध्यक्षसहित उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको नाम टुङ्गो लगाएको जनाएको छ । 

बाँकी छ वटा पालिकामा पनि प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्षको उम्मेदवार टुङ्ग्याउने क्रम जारी रहेको छ । चार वटा पालिकामध्ये एमालेले एउटा पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको पार्टीका जिल्ला उपाध्यक्ष दवीलाल लामिछानेले बताउनुभयो । 

एमालेले जिल्लाभर नै सहमतिको आधारमा उम्मेदवार टङ्गो लगाउने जनाएको छ । जिल्लाको निस्दी, रम्भा, पूर्वखोला, रिब्दीकोट गाउँपालिका र तानसेन र रामपुर नगरपालिकामा भने प्रमुख पदमा दुईभन्दा बढी नेताहरू उम्मेदवार बन्न आकाङ्क्षी देखिनुभएको छ । वि.सं २०७४ सालको निर्वाचनमा एमालेले तिनाउ, तानसेन, रम्भा, पूर्वखोला, निस्दी र रिब्दीकोट गाउँपालिका जितेको थियो ।