• १२ साउन २०८१, शनिबार

खोटाङमा छुरा प्रहारबाट एकको मृत्यु

blog

राजकुमार भट्टराई

खोटाङ, वैशाख २ गते । खोटाङमा छुरा प्रहारबाट एकको मृत्यु भएको छ । छुरा प्रहारबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो ।  

राईलाई गाउँकै तीन जनाले शनिवार साँझ छुरा प्रहार गरेको बताइएको छ । साँझ करिब साढे ७ बजे सोही ठाउँका भीमबहादुर राईको मकैबारीमा उनलाई छुरा प्रहार गरिएको थियो । घाइतेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । 

छुरा प्रहार गरी फरार भएका अभियुक्तको खोजी भइरहेको छ ।