• १२ साउन २०८१, शनिबार

वालिङ जिप दुर्घटना अपडेट

मृतक पाँच जनाकै खुल्यो पहिचान

blog

राधाकृष्ण डुम्रे 

वालिङ, वैशाख ४ गते । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परीे मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्बरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, वर्ष ४५ की हीराकुमार डाला, २५ वर्षकी सर्मिला सारु, उहाँका सात महिनाको छोरा गौरव सारु र वालिङ नगरपालिका १४ की वर्ष ६१ की कुलकुमारी कनौचे रहेको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा नै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिनुभयो ।  

दुर्घटनामा परी गम्भीर घाईते भएका छ जनालाई उपचारका लागि ग्रह्रौं प्राथमिक अस्पताल वालिङमा ल्याइएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । घाइते छ जनालाई नै उपचारका लागि पोखरा पठाइएको छ । 

 दुर्घटनामा परी गम्भीर घाइते हुनेमा अन्दाजी वर्ष ६० वर्षका अङ्गबहादुर डाला, ५५ का जिप चालक दलबहादुर डाला, वर्ष ५५ की मायाकुमारी सारु, ३५ का योगेन्द्र थापा, वर्ष १९ की लक्ष्मी डाला र वर्ष १८ की नवीना सारु रहेको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।

 जिप सडकबाट झण्डै दुई सय मिटर तल झरेर चिलाउनेको रुखमा अड्किएको प्रत्यक्षदर्शीले जनाएका छन् । जिपमा ११ जना सवार रहेका बताइएको छ ।