• १२ साउन २०८१, शनिबार

गुल्मी गठबन्धनमा प्रवक्ताको जिम्मेवारी बुद्धि जिसीलाई

blog


तिलाचन पाण्डे

तम्घास, वैशाख ४ गते । सत्तारुढ गठबन्धन दल गुल्मीको प्रवक्ताको जिम्मेवारी बुद्धि जिसीलाई प्रदान गरिएको छ ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी गठबन्धनको आधिकारिक धारणा बाहिर ल्याउने र बोल्ने जिम्मेवारी नेकपा माओवादी केन्द्र गुल्मीका जिल्ला संयोजक जिसीलाई प्रदान गरिएको गठबन्धन गुल्मीले जनाएको छ ।

सदरमुकाम तम्घासमा सम्पन्न गठबन्धनको बैठकले जिसीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

यता, प्रवक्ता जिसीले जिल्लामा गठबन्धन गरेर जाने विषयमा सबै दल, एकै ठाउँमा रहेको बताउनुभयो ।

एक दुई दिनभित्रैमा जिल्लाका १२ स्थानीय तहमा गठबन्धनको भागबण्डासहित आधिकारिक धारणा बाहिर आउने उहाँले दाबी गर्नुभयो । कुन स्थानीय तहमा कुन पार्टीले  जिम्मेवारी पाउने भन्ने बारेमा छलफल भइराखेको भन्दै उहाँले सहमतिको नजिक पुगेको बताउनुभयो ।

आइतबार पनि गठबन्धनको बैठक बस्ने तयारी भइरहेको एक नेताले जानकारी दिनुभयो ।

जिल्लामा हाल दुई नगरपालिकासहित सात स्थानीय तहमा नेकपा एमालेको नेतृत्व छ । चार स्थानीय तहमा नेपाली काँग्रेसको नेतृत्व छ । जिल्लाको धुर्कोट गाउँपालिकामा भने नेकपा (माओवादी केन्द्र)ले नेतृत्व गरेको छ ।

ता, नेकपा एमालेले भने रेसुङ्गा ,मुसिकोट नगरपालिका, मालिका र कालीगण्डकीमा प्रमुखको टुङ्गो लगाइसकेको छ ।