• १२ साउन २०८१, शनिबार

पर्सामा गठबन्धन नहुने, कांग्रेस र जसपाको छुट्टै प्रतिस्पर्धा

blog

कन्हैयालाल केशरी

पर्सा, बैशाख ४ गते । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पर्सामा एक्ला एक्लै चुनावमा भाग लिने जनाएपछि सत्ता गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्री र जसपाका सभापति रामनरेश यादबले शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै  बीरगन्ज महानगरपालिका र १३ वटा पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको जानकारी गराएको हो । 

कार्यकर्ताहरुको भावना अनुरुप नेता र कार्यकर्ताहरुको मनोबल उच्च राख्न  स्थानीय तहको निर्वाचनमा पर्साको १४ वटा पालिकामा मित्रवत प्रतिस्प्रर्धा गर्ने निर्णयमा दुबै दल पुगेको सभापति  सिंह र यादबले विज्ञप्ती मार्फत जानकारी गराउनु भएको छ ।  

कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले यी दुई पार्टीको कार्यकर्ताहरुको भावना अनुरुप निर्वाचनमा एक्लै जाने गरेको निर्णयले केन्द्रीय नेतृत्वलाई निर्णय लिन सहज वातावरण बनाई दिएको बताउनुभयो ।