• २३ असार २०८१, आइतबार

काँग्रेसका उम्मेदवारले जित्छन् : कोइराला

blog

जयकृष्ण यादव 

इनरुवा, वैशाख ३ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ संसदीय दलका नेता राजिव कोईरालाले स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा काँग्रेसका उम्मेदबार जित्ने दावी गर्नुभएको छ । शनिबार सुनसरी सदरमुकाम इनरुवा ९ बबियामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभयो । 

काँग्रेस सुनसरीको १२ वटै पालिका तथा १२४ वटै वडामा जित्ने दावी गर्नुभयो । नेता कोईरालाले भन्नुभयो, एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔं’ अभियानको कार्यक्रममा देखिएको लहर र अन्य पार्टी त्यागेर काँग्रेस प्रवेश गर्नेहरुको जनलहरले काँग्रेस उम्मेदबार जित्ने बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा काँग्रेसको अवस्था देशभर नै विगतभन्दा सुध्रिने विश्वाश व्यक्त गर्नुभयो । 

एमाले साविक बबिया गाविस गाउँ सचिव तथा हाल टोल समितिका अध्यक्ष किसोर चौधरीसहितका नेता कार्यकर्ताहरुलाई काँग्रेसमा प्रवेश गराउनुहँुदै काँग्रेस ऐतिहासिक पृष्ठभूमि भएको पार्टी, जनताको पार्टी, लोकतन्त्रको रक्षक पार्टी र संविधान निर्माण गर्ने पार्टी भएकाले पार्टीका उम्मेदबार जित्ने बताउनुभयो ।

पार्टी जिल्ला सभापती केदार भण्डारीले देशभरमा कम्जोर रहेकोबेला पनि सुनसरी जिल्लामा धेरै सिट जित्ने काँग्रेस पार्टी भएकाले त्यसलाई कायम राख्दै थप जित्नेगरी नेता कार्यकर्तालाई लागिपर्न आग्रह गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा एमालेका टोल कमिटि अध्यक्ष किसोर चौधरी, सतनी चौधरी, रामप्रसाद चौधरी, रामबाबु चौधरी, भुवनेश्वर चौधरी, सरिता चौधरीसहितले पार्टी प्रवेश गर्नुभयो ।