• १२ साउन २०८१, शनिबार

काँग्रेस निर्वाचन परिचालन समिति बैठक : केही उपसमिति गठन

blog

तस्बिरः केशब गुरुङ्ग

काठमाडौं, वैशाख २ गते। सत्तारुढ दल नेपाली काँग्रेसको वैशाख ३० गते हुने स्थानीय निर्वाचन सम्बन्धमा निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमिति गठन गरेको छ। 

समितिका संयोजक एवम् पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकले सातै प्रदेश र पालिका तहमा प्रतिनिधि पठाउने र आगामी दिनमा हुने चुनावी सभामा हुने आचारसंहिता कार्यान्वयन एवम् अनुगमन कसरी गर्ने भन्ने सन्दर्भमा छलफल भएको समितिका सदस्य नैनसिंह महरले बताउनुभयो। 

भातृ संघ समन्वय तथा परिचालन उपसमिति, जिल्ला समन्वय सम्पर्क समन्वय परिचालन उपसमिति, विदेशस्थित जनसम्पर्क समन्वय, अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षक, निर्वाचन सुरक्षा निकाय, आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन भएको उहाँले जानकारी दिनुभयो। 

‘बैठकमा उपसभापति खड्काले गठबन्धनलाई थप प्रभावकारी बनाउने र यसैले नै हामी सबैको अस्तित्व जोगिने भन्ने कुरा आको छ’, महरले भन्नुभयो। यस सन्दर्भमा भातृ र शुभेच्छुक संस्थाको परिचालन कसरी गर्ने, सबै पालिकामा केन्द्रीय प्रतिनिधि पठाउन निर्देशन दिने लगायतका विषयमा बैठकमा छलफल भयो।

सहमहामन्त्रीले प्रदेश र जिल्ला कमिटीबीचको समन्वय गर्छ, केन्द्रबाट ७७ जिल्लामा जाने केन्द्रीय प्रतिनिधिले जिल्लामा आएको समस्या त्यहाँको व्यवस्थापन र गठबन्धनबीच मिलाउने तथा समन्वय गर्ने काम गर्ने उहाँको भनाइ छ।