• १२ साउन २०८१, शनिबार

उपत्यकाका सम्पदाको पुनर्निर्माण चालु आर्थिक वर्षभित्र सम्पन्न हुने

blog

शहरी विकासमन्त्री धनबहादुर बुढा । फाइल तस्बिर

काठमाडौं, चैत ९ गते । शहरी विकासमन्त्री धनबहादुर बुढाले काठमाडौं उपत्यकाका अधिकांश सम्पदाहरुको पुनर्निर्माण कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने बताउनुभएको छ । शुक्रबार ललितपुरको पाटनस्थित ज्येष्ठ वर्ण महाविहारको उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो ।

मन्त्री बुढाले काठमाडौं उपत्यकालगायतका २८ वटा सम्पदामध्ये ३ वटाको पुनर्निर्माण कार्य सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको समेत स्मरण गराउनुभयो । उहाँले नेपालको ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको पुनर्निर्माणमा भारत सरकारले गरेको सहयोगको पनि प्रशंसा गर्नुभयो ।

मन्त्री बुढाले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकाका तीन वटै जिल्लालगायत सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, सोलुखुम्बुलगायतमा २८ वटा सम्पदामध्ये तीन वटा सम्पन्न भई सम्बन्धित निकायमा हस्तान्तण गरिसकिएको छ भने अन्य बाँकि सम्पदाहरुको अधिकांश चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन् । सम्पदा पुनर्निर्माणका लागि अनुदान उपलब्ध गराएकोमा भारत सरकारप्रति शहरी विकास मन्त्रालय र स्वयं मेरो तर्फबाट समेत आभार व्यक्त गर्न चाहन्छु ।’’

मन्त्री बुढाले समयमै बजेटको व्यवस्थापन हुन नसक्दा सम्पदा पुनर्निर्माणको कामले गति लिन नसकेको पनि स्पष्ट पार्नुभयो । भारत सरकारको समेत अनुदान सहायतामा पुनर्निर्माण गरिएको सो बिहारको लागत भ्याटबाहेक १४ करोड ५९ लाख रहेको बताइएको छ ।