• ८ मंसिर २०८१, शनिबार

'सुर्खेत आइडल' हुने

blog

वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलन ।

नवीन सुवेदी

सुर्खेत, मङ्सिर १० गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा साङ्गीतिक प्रतिस्पर्धात्मक कार्यक्रम 'सुर्खेत आइडल' आयोजना हुने भएको छ । आगामी मङ्सिर अन्तिम सातादेखि अनलाईनबाट सुर्खेत आईडलका लागि दरखास्त मागिने आयोजकले शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । 

झण्डै १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको उक्त आइडलमा नृत्य र गायनतर्फका तीन तीन जना छनौट हुनेछन् । आरकेवि कला केन्द्र नेपालगन्जका निर्देशक राजन वैश्य, सुर्खेती कलाकार कमल निर्मोही र कलाकार रेशम नेफकिङ्गको आयोजनामा उक्त आईडल सम्पन्न हुने भएको हो ।

"हामी सुर्खेतमा सुरुमा यहिँका कलाकारबाट तथा अन्तिममा अन्तर्राष्ट्रिय स्तरका कलाकारबाट मूल्याङ्कन गर्न लगाउनेछौं । पाँच सय रुपियाँ तिरेर गायन वा नृत्य विद्यामा कोही पनि कलाकारले भाग लिन सक्नेछन्," निर्मोहीले भन्नुभयोे, "यसमा हामीले उमेरसमूह तोकेका छैनौं ।"

कार्यक्रम जुनसुकै उमेरका कलाकारले पनि भाग लिन सक्नेछन् । 

प्रतियोगितामा प्रथम हुनेले २५ हजार, दोस्राेले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यो पुरस्कार नृत्य र गायन दुवैतर्फ प्रदान गरिने भएको हो ।