• ९ मंसिर २०८१, आइतबार

चौँरीधापदेखि दोर्पुसम्म

blog

चौँरीधापकी चौँरीगोठाल्नी दिदीसित छुट्टिएर अघि बढेपछि केही बेरमा आइपुग्यो ‘धापडाँडा’ चुइयाँथान भन्ने बस्ती । यहाँ आइपुग्दा हामीले समुद्रतलदेखि एघार हजार फिटभन्दा बढी उचाइ नाघिसकेछौँ । देब्रेतिर पारिपट्टि डाँडामाथि ‘मुढाबिसौना’ नाउँका सेर्पाली बस्तीमा अग्ला अग्ला रङ्गीबिरङ्गी लुङ्दर र दच्र्यो (बौद्धध्वजा) हरू फर्पmराइराखेका थिए । बाटो फेरि उकालियो र वन सुरु भयो । कुहिरोले ढपक्क ढाक्यो र सिमसिम पानी पर्न थाल्यो । त्यो उकालो काटेर तेर्सो रमाइलो बाटो फेला परेपछि जुत्ताले खुट्टा काटेर हिँड्न गाह्रो भयो । त्यसमाथि झन् जुकाको फौजले समेत गर्नु ग-यो, पिर्नु पि-यो मलाई तर निरुपाय भएको हुँदा धैर्यको मलम लगाएर हिँडिरहेँ । 

त्यसपछि पात्ताले गाविसको २ नम्बर वार्डको ‘छेला हान्ने गाउँ’ भनिने सेर्पाली गाउँमा पुगियो । देब्रेतिर खेतबारीभरि उवाका बालाहरू झुलिरहेका थिए । दाहिने पाखामा टन्न आलुका बुङबारी देखिन्थे ।   

दाहिने पाखामा र फाटफुट रूपमा देब्रेतिर पनि ‘हिल्मे’ नामका पहेँलपुर फूलहरू हाँसिरहेका थिए । ओखलढुङ्गाबाट यताको बाटो लागेदेखि नै भरेली भएर फुलेका र हामीसित लुकामारी खेल्दै आएका यी पूmलका घारीले मलाई  मोहनी नै लगाइदिएका थिए । त्यसो त जुनसुकै जातका पूmल पनि उत्तिकै मोहनीदार हुन्छन् तापनि पहिलो साक्षात्कार भएर होला म मक्ख परेर पौडिरहेको थिएँ यिनको अपूर्व सौन्दर्यको मोहनीको कञ्चन तलाउमा । 

ज्याकेट र गम्बुट लगाएका मसिना सेर्पा केटाकेटीहरू भेटिए स्कुलबाट फर्कंदै गरेका । किन हो कुन्नि, एउटी नानी रुँदै रहिछिन् । लगत्तै पात्ताले गाउँ आइपुग्यो । बाटोछेउ ठाउँ ठाउँमा छ्योर्तेनहरूको उपस्थिति । वातावरणमा पूरै सेर्पाली गन्ध । एक दुई कर्कटपाताले छाएका र अरू सल्लाका फलेकले छाएका घरहरू अनि गुम्बा पनि भएको सम्पन्न सेर्पाबस्ती रहेछ यो । यहाँ उवा र आलुखेतीका साथै स्याउखेती पनि हुँदो रहेछ । डाँडामा दुई तीन वटा घोडा चरिरहेका थिए । बाटोछेउ गुम्बानजिकैको एउटा घरको आँगनमा हिउँ जस्ती गोरी र कानमा गह्रौँ सुनका गहना लगाएकी एउटी तरुनी सेर्पिनी नुहाएर चिसो कपाल कोरिरहेकी थिइन् । त्यहीँ भेटिए एक जना तिब्बती पुरुष । उनी आफ्नो बहुआयामिक चक्कु देखाउँदै आफ्नै भाषामा खै के के हो भनेर त्यो चक्कु हामीलाई किनिदिन आग्रह गर्न थाले खाने खर्च नभएर होला । उनको बोली नबुझिए पनि उच्चारण ‘चिङ दो, चिङ दो’ सुन्दा ‘तीन सौ, तीन सौ’ भने जस्तो लागेकाले उनको त्यो चक्कुको मूल्य रु. तीन सय हो भन्ने अर्थ लगायौँ हामीले र कुमारले रु. एक सयमा चक्कु किनिदिए । त्यसपछि हामी त्यहीँ नजिकैको ‘होटेल ऐन्ड लज’ भन्ने होटेलमा छि¥यौँ सहयात्रीहरूले चिया खाने रहर गरेकाले । 

यसका मालिक सेर्पा जातिका हँसिलारसिला र गफाडी अधबैँसे पुरुष रहेछन् । कुराकानीको व्रmममा उनले सेर्पाहरूको मूल पुख्र्यौली थलो भोट (तिब्बत) भएको र आपूmहरू भोटे भएको बताउँदै हामीलाई चिया दिए । उनीबाट सोलुखुम्बुका होटेल÷लज व्यवसायी सेर्पाहरूले आफ्ना लज वा होटेलमा नेपालीलाई भन्दा डलरमा शुल्क तिर्ने पश्चिमी पर्यटकहरूलाई विशेष प्राथमिकता र महìव दिने गरेको, नेपालका जत्रासुकै हाकिम कर्मचारीलाई पनि अझ जिल्लाका सर्वोच्च प्रशासक सिडिओसम्मलाई पनि उनीहरूले पटक्कै नगन्ने गरेको कटु यथार्थ पनि थाहा पायौँ । सेर्पाहरूको त्यस्तो दूषित व्यापारी मनोवृत्तिको टड्कारो उदाहरणका रूपमा उनले यस्तो प्रसङ्ग सुनाए–  

एकपल्ट विसं २०३९–४० सालतिर यसै जिल्लाका सिडिओ कामको सिलसिलामा नाम्चे बजारमा एक जना सेर्पाको ‘काला पत्थर, बार ऐन्ड रेस्टुरेन्ट’ भन्ने होटेलमा बास बसेका बेला त्यहाँ पश्चिमी पर्यटक आएपछि त्यस होटेलका मालिकले “तपाईं हट्नोस्, हाम्रो साहेब आउनुभो” भनेर सिडिओ साहेबलाई पाकेको भातसमेत खान नदिएर होटेलबाट निकालिदिए छन् । उनले “म यो जिल्लाको सिडिओ हुँ” भनेर जति पल्ट सम्झाउँदा पनि “हामी सिडिओफिडियो जान्दैनौँ” भनेर उनलाई धपाई उनी बसेको कोठामा खैरेलाई भिœयाएछन् । त्यसरी त्यहाँबाट घनघोर अपमानित भएर फर्केका ‘तìवकृष्ण श्रेष्ठ’ नामका ती सिडिओ साहेबले सदरमुकाममा पुगेपछि पुलिस पठाएर होटेलका मालिकलाई पव्रmाउ गरी केही दिन थुनिदिएछन् । त्यो सुनेर छक्क प¥यौँ हामी र मरीमरी हाँस्यौँ पनि ।

त्यस होटेलमा मैले त्यताको बहुप्रचलित भोज्य पदार्थ ‘उवा’ भनिने लेकाली जौको सातु खान खोजेँ । सिद्धिएको रहेछ र त्यसको स्वाद थाहा पाउनबाट म वञ्चित भएँ । 

पात्तालेबाट सर्वोच्च शिखर सगरमाथा छ्याङ्ङ देखिन्छ रे । तर कुहिरोले डम्म ढाकेको र पानी पनि परिराखेको हुँदा त्यहाँ सगरमाथाको दर्शनबाट पनि वञ्चित भएँ म ।

हामी फेरि बाटो लाग्यौँ । अब बाटो ओरालो थियो र झमझम पानी परिरहेको थियो । बेलाबेला खुट्टा चिप्लिन खोज्थ्यो । 

कहिले लाग्छ पारिलो घाम कहिले छहारी

कहिले चाहिँ कुहिरो–हावा खेल्दछन् जुहारी 

कहिले पानी दर्किन्छ उस्तै दरर गरेर 

कहिले चल्छ सिरेटो चिसो मुटु नै छेडेर


सिस्नोका झ्याङ र जुकाका सेनामेनाको आक्रमणको झन् कुरै के गर्नु ! सेर्पाली बस्तीको अप्ठ्यारो बाटोको यात्रा भएकाले सन्दर्भवश त्यतिबेला मलाई किशोरकालमा पढेको भीमनिधि तिवारीको ‘पन्ध्र प्रबन्ध’ पुस्तकमा रहेको ‘यात्राका तीन सम्झना’ शीर्षक संस्मरणको झलक्क सम्झना भयो । त्यसमा पूर्वी पहाडतिरको यात्राका व्रmममा एक ठाउँ लेखक चिप्लेर लड्दा एउटी सेर्पिनी युवतीले खितित्त हाँस्तै “बाटुमा त हिँट्नु जान्दु रैनाछा, यस्तु मान्छी वनमा के 

हिँट्ला !” भनेर उनलाई उल्ल्याएझैँ अहिले कतै आपूmलाई पनि बाटामा भेटिने कुनै ठट्यौला सेर्पा–सेर्पिनीबाट त्यस्तै उपहास र अट्टहास आइलाग्ने त होइन ? भन्ने पिरले सताउन थाल्यो मलाई । 

पानीले झन्झन् मुसोचुटाइ गर्न थालेकाले बाटैछेउको घरको दलानमा एकछिन ओत लाग्यौँ हामी । 

त्यस बेला त्यहाँ दौरासुरुवाल र पटुकामा सजिएका एक जना आठ नौ वर्षे सेर्पाकेटा झमझम पानीमा रुझ्दैभिज्दै आपैmँमा निश्चिन्त र मग्नमस्त भएर आफ्नो जातीय नृत्य गर्दै रहेछन् आँगनमा । मैले दङ्ङ परेर उभिई उभिई केही छिन हेरिरहेँ उनको त्यो मनमोहक नृत्य । मलाई ‘मुनामदन’ का विशालहृदयी भोटेदाइ ‘च्याङ्बा’ का भुराभुरी लावा–फुचा नाचिरहे जस्तो लाग्यो । 

पानी थामिएपछि अघि बढ्यौँ । यहाँ पनि गोब्रेसल्लालगायत अनेकथरी सल्ला रहेछन् घारीका घारी । 

अब डम्म कुहिरोले छोप्यो । हिँड्दै जाँदा ‘बाघपाइले’ देवीको थान भेटियो । माथि सेतो माने गाउँ । पारिपट्टि दाहिनेतिर तिल्पुङ कडेनीको जङ्गल । यही जङ्गलमा २०३१ सालको मङ्सिर–पुसतिर प्रतिबन्धित नेपाली काङ्ग्रेसका दुई प्रतिभाशाली युवा कार्यकर्ता राम र लक्ष्मणलाई तत्कालीन सरकारले गोली हानी मारेको थियो । त्यो खबर मैले कलैयामै सुन्न पाएको थिएँ एक–दुई जना काङ्ग्रेसी मित्रबाट । अहिले आपूm घटनास्थलको छेउमै आइपुगेको मौकामा मैले त्यता फर्केर प्रजातन्त्रका स्वप्नद्रष्टा ती वीर युवकहरूलाई श्रद्धाञ्जली अर्पण गरेँ । 

पानी फेरि दर्किन थाल्यो । हिँड्दै जाँदा क्रमशः मुढेगाउँ र पकरनास गाउँ आइपुग्यो । यीमध्ये मुढेगाउँमा सेर्पा र मगरको अनि पकरनासमा चाहिँ छेत्रीहरूको बसोबास रहेछ । ओरालो झरेर दिउँसो चार बजे ‘साल्मे’ भन्ने ठाउँमा पुगियो । छङ्छङाइरहेको सोलु खोलाको पुलवारिको होटेलमा पस्यौँ ओत लाग्न । यहाँ फेरि चिया खान खोज्दा साथीहरूले मेरो कानमा फुसफुसाउँदै सुनाए– यो ठाउँमा वारिपारि दुवैतिरका होटेलहरू डरलाग्दा छन् रे । अपरिचित ग्राहकलाई खानेकुरामा विष हालिदिन्छन् रे । अलि पहिलेको कुरा, यहाँ खाना खाएर बाटो लागेका दुई यात्री केही बेरमै ठहरै भए रे । 

बिहान ओखलढुङ्गाबाट यताको बाटो लागेदेखि नै ठाउँ ठाउँमा यस्ता तिता प्रसङ्गहरू सुनाएका थिए सहयात्रीहरूले बाबै ! कति सुन्नु, कसरी सुन्नु त्यस्ता मान्छे रूपधारी काला गोमनका बिखालु चर्तिकलाको चर्चा ! साँचोझुटो दैव जानोस् । हामी धेरै बेर अल्मलिएनौँ त्यहाँ । बाटो फेरि उकालियो व्रmमशः आइपुगे मास्लो गार्मा, तल्लो गार्मा र छुलामु गाउँ । तीमध्ये मास्लो गार्मामा नास्पातीखेती, चियाखेती र स्याउखेती हुँदो रहेछ । ती गाउँहरूमा सर्सती आँखा चिप्ल्याउँदै हामी बेलुकी ६ बजे पुग्यौँ सोलुखुम्बुको सदरमुकाम सल्लेरीभन्दा चालिस मिनेट जति वर पर्ने दोर्पु गाउँमा । सरासर भित्रियौँ भोलाकाजी थापाजीको डेरामा । 

गोरा र हृष्टपुष्ट जिउडालका पचास बाउन्न वर्षीय भोलाजी मेरा आदरणीय मित्र तीर्थराज थापाजीका दाजु हुनुहुन्थ्यो । उहाँका लागि म र मेरा लागि उहाँ, दुवै नितान्त अपरिचित भए पनि दाजुभाइको नाता जोडिएर चिरपरिचित जस्ता भयौँ तुरुन्ता तुरुन्तै । त्यसमा ठुलो भूमिका थियो तीर्थजीको । किनभने उहाँले हिजै ओखलढुङ्गाबाट फोन गरेर मेरो परिचय दिई म यता डुल्न आउन लागेको जानकारी गराउँदै मेरो दुई तीनदिने सल्लेरी बसाइ र घुमफिरका सन्दर्भमा स्नेहिल आतिथ्यका लागि हार्दिक अनुरोध गरिसक्नुभएको थियो मेरो सामुन्ने नै । फेरि मेरो साथमा उहाँहरूका भतिज कुमार थापा पनि त थिए । 

ओखलढुङ्गाको हिलेछाप घर भएका भोलादाइ सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा कोष तथा लेखानियन्त्रण कार्यालयमा एकाउन्टेन्ट हुनुहुँदो रहेछ । ‘पढे फारसी बेचे तेल, देखो भाइ कुदरत का खेल’ भन्ने उखान उहाँमा पूरै चरितार्थ भएको रहेछ । किनभने अध्ययनका दृष्टिले कानुन विषयका स्नातक भएर पनि व्यवसायका दृष्टिले उहाँ आर्थिक प्रशासन सम्हाल्दै हुनुहुँदो रहेछ र यति बेला उहाँ निमित्त कार्यालय प्रमुख पनि हुनुहुँदो रहेछ ।

भोलादाइले दुई वटा बिहे गर्नुभएको रहेछ । यहाँ कान्छी श्रीमतीका साथ बस्नुभएको रहेछ उहाँ । दुवै दम्पती निकै सोझा, हँसिला–रसिला र फरासिला–मिजासिला हुनुहुँदो रहेछ । उहाँहरू दुवैबाट आत्मीय बोली–व्यवहार र भव्य स्वागत–सत्कार पाएँ मैले । 

ओहो जाडो ! ओखलढुङ्गामा भन्दा पनि कडा जाडो रहेछ सल्लेरीमा । हातगोडा कठ्याङ्ग्रिने र दाँत किटकिटाउने मात्र नभएर जिउ नै हिउँ भएर जम्ला जस्तो ।

मैले झलक्क तराईको आफ्नो गाउँघरको प्रचण्ड गर्मी सम्भेmँ । सधैँ चौबिसै घण्टा पूरा स्पिडमा पङ्खा चलाउँदा पनि पसिनाले लपक्कै भिजिराख्ने ठाउँको मान्छे म त्यही मौसम र महिनामा यहाँ ठ्याक्कै उल्टो अनुभूति सँगाल्दै थिएँ । 

काठमाडौँबाट हिँड्दा एक दुई अनुभवी साथीहरूले ‘ओखलढुङ्गामा पनि यस्तै गर्मी छ अहिले, ज्याकेट चाहिँदैन, त्यसैले व्यर्थै किन भारी बोक्नुहुन्छ ? नलैजानोस्” भनेकाले बहिनी मनोरमाको डेरामा नै छाडेको थिएँ आफ्नो बाक्लो ज्याकेट । पानी पर्दा र डम्म कुहिरोले छोप्ता ओखलढुङ्गामै त दिउँसै पनि सिरक ओढ्नुपर्दा ज्याकेट सम्झेर चुकचुकाएको थिएँ भने अहिले सगरमाथाको जिल्ला सोलुखुम्बुको पनि सदरमुकाममा आइपुगेर थुरथुर काम्नु पर्दा त्यसलाई झलझली सम्झेर झन् चुक्चुकाइरहेँ । ओखलढुङ्गामा महिनादिनको बसाइका क्रममा छिमेकी र महìवपूर्ण जिल्लाको सदरमुकाम हेर्ने–डुल्ने उद्दाम आकाङ्क्षाले पूरापूर दस घण्टा लगाएर दर्के पानीमा रुझ्दै–भिज्दै चिप्लँदै–लड्दै अनेक ठाडा उकाली–ओरालीले थकाएर लखतरान पारेको म यहाँ आइपुग्दा थरर्रै भएँ । त्यो दिन थियो २०५१ साल असार ३ गते ।

राति तात्तातो भोजनपछि बाक्लो ओछ्यानमा पल्टेर बाक्लै सिरक ओढी मस्त निदाएँ । 

रातभरि पानी दर्केको भए पनि भोलिपल्ट ४ गते दिन छ्याङ्ङ खुलेर झलमल्ल घाम लाग्यो । बिहान छ बजेतिर चिया खाइवरी कुमारबाबु आफ्नो जागिर भएको ठाउँतिर गए । म चाहिँ भोलादाइसित दोर्पुको बस्ती र बजार चहार्न निस्केँ ।

पहाडी ढाँचाका रङ्गीचङ्गी घर । मकै, आलु र स्याउखेतीले भरिपूर्ण खेतबारी । वरिपरि अग्लाअग्ला डाँडाकाँडा । बिजुलीबत्ती र पानीको छेलोखेलो । सफा स्वच्छ वातावरण । “ती हस्तीहाडसरिका सेता भोटेनी भर्खरका” भनेर मुनामदनमा देवकोटाले बयान गरे जस्ता गोरा र पोटिला गाला भएका हृष्टपुष्ट तन्नेरी–तरुनी, केटाकेटी र उमेरले नेटो काटे पनि आफ्नो उमेरभन्दा निकै कान्छा देखिने बुढाबुढी सेर्पासेर्पिनीहरूको सुकुमार सौन्दर्य । उत्तरतिर नजिकै, हात लम्काउँदा छोइएला जस्तो र चाँदी जस्तै टलक्क टल्केर मुसुमुसु हाँसिराखेको ६९५८ मिटर अग्लो नुम्बुर (दूधकुण्ड) हिमालको अपूर्व मोहनीमय मुहार । त्यो झल्झलाकार हिमाली सौन्दर्यको मोहनी–मातले लठ्ठै भएँ म । त्यसको अपूर्व सौन्दर्यको जादूले भुतुक्कै भएँ म । स्वर्ग मत्र्य पाताल यी त्रिलोकभन्दा धेरै धेरै धेरै टाढाको कुनै अर्कै अद्भुत लोकमा पुगेँ म । त्यो अचुक सम्मोहनले आत्मविस्मृत भएर समाधिको अवस्थामा पुगेँ म । यसरी दोर्पुबजारको वर्णनातीत प्रकृति र जीवनको एकै झल्को दर्शनबाट पनि आनन्दानुभूतिको कञ्चन तलाउमा चुर्लुम्मै डुबेँ म । 

केही बेरको घुमघामपछि हामी फर्की आयौँ डेरामा । अनि भोजनपछि फेरि लखर्कियौँ सल्लेरीतिर ।