• ७ वैशाख २०८१, शुक्रबार

सन्दीप दक्षिण अफ्रिका नजाने

blog

फाइल तस्बिर ।

काठमाडौं, जेठ १६ गते । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका नजाने हुनुभएको छ । 

विश्वकप छनोट अघि अन्तिम तयारी गर्न नेपाली टोली मङ्गलबार (आज) राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहनुभएका सन्दीपलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकिएको क्यानले जनाएको छ ।

तर क्यानले जेठ १५ गते घोषणा गरकेो विश्वकप छनोटको १६ सदस्यीय टोलीमा सन्दीपको नाम छ । विश्वकप छनोट खेल असार ३ गतेदेखि जिम्बावेमा सुरु हुनेछ ।

सन्दीपविरुद्धको बलात्कार मुद्दामा मङ्गलबार अन्तिम टुङ्गो लाग्न नसकेको काठमाडौं जिल्ला अदालतले जनाएको छ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शङ्करबहादुर राईको इजलासमा भएको सुनुवाइमा अन्तिम टुङ्गो लाग्न नसकेको अदालतका वैतनिक वकिल शङ्कर पौडेलले जानकारी दिनुभयो ।

न्यायाधीश राईको इजलासले पूर्व आदेशअनुसारको कार्य सम्पन्न गर्ने आदेश गरेको छ । वकिल पौडेलले भन्नुभयो, ‘‘पूर्व आदेशअनुसार नै गर्नुभनेको थप प्रमाणको प्रक्रिया पूरा भइनसकेको र प्रमाण बुझ्ने काम बाँकी भएकाले सो आदेश दिइएको हो । मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ ।’’

२०७९ पुस २८ गते लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो । क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि।सं। २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् ।