• १३ असोज २०८१, आइतबार

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

blog

उपाधि विजेता गण्डकी टोली । तस्बिर : गोरखापत्र

विष्णुप्रसाद पोखरेल

दमक, वैशाख १७ गते । कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।

झापाको दमकमा शनिबार साँझ सम्पन्न अन्तिम फाइनल खेलमा गण्डकीले आयोजक कोशी प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । फाइनल खेलमा गण्डकीले २५–१९, २५–२०, २५–१० को नजिता निकालेको हो ।

उपाधिसँगै गण्डकीले तीन लाख र उपविजेता कोशीले दुई लाख रुपियाँ पुरस्कार पायो । प्रतियोगितामा गण्डकी, कोशी, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो । 

भलिबल खेलको विकासका लागि पहिलो पटक कोशी प्रदेश खेलकुद विकास बोर्डले मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।