• २३ वैशाख २०८१, आइतबार

बास्केटबल खेलाडी उत्पादन गर्दै आईएसए नेपाल

blog

जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने उखान तिमीहरूले सुनैकै हुनुपर्छ । खेलकुदमा पनि यस्तो हुन्छ । खेलकुदमा जग बलियो बनाउने भनेको स्कुल स्पोर्टस् र एकेडेमीहरू हुन् । अझ स्कुले जीवनमा राम्रो प्रशिक्षण हुनेमा ग्यारेन्टी हुँदैन तर खेलका एकेडेमीहरूले सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन दिन्छ । राम्रो प्रतिभा खोज्न मद्दत गर्छ । जसले भविष्यमा ती खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा खेलद्वारा कायम गर्छन् । जसले नेपालको नाम उँचो हुन्छ । 

हाम्रो देशमा फुटबल र क्रिकेट दुई सबभन्दा बढी हेरिने खेल हो । यसका धेरै एकेडेमी पनि खुलेका छन् । नेपालमा बास्केटबल पनि लोकप्रिय खेलमध्येमा पर्छ । पछिल्ला केही वर्षदेखि बास्केटबलको विकास देशव्यापी बन्दै छ । खासगरी स्कुले र कलेजका युवकयुवतीमा बास्केटबल खेल्ने लहर चलेको छ । हाम्रो देशमा अहिले सबभन्दा बढी प्रतियोगिता बास्केटबलकै हुने गर्दछ । जसको आयोजनामा स्कुल र कलेज नै अगाडि देखिएका छन् । अहिले देशभर हजारौँको सङ्ख्यामा बास्केटबल खेलाडी छन् । स्कुल र कलेज स्पोर्टस्मा बास्केटबल पहिलो प्राथमिकतामा पर्छन् र नेपालको खासगरी राजधानीमा यो खेलको लोकप्रियता ह्वात्तै बढेको मान्न सकिन्छ । अहिलेका सहरी क्षेत्रका युवकयुवतीको पहिलो रोजाइको खेल बन्न पुगेको छ बास्केटबल । 

हाम्रो देशमा फुटबल र क्रिकेट सबभन्दा बढी हेरिने खेल हो । यसका धेरै एकेडेमी पनि खुलेका छन् । नेपालमा बास्केटबल पनि लोकप्रिय खेलमध्येमा पर्छ । पछिल्ला केही वर्षदेखि बास्केटबलको विकास देशव्यापी बन्दैछ ।  

यस्तो प्रभावबीच पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बास्केटबलको सहभागिता र उपलब्धि निराशाजनक छ । कारण हो बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्छु भन्ने एकेडेमीको कमी । यसबीच अहिले आईएसए नेपाल बास्केटबल एकेडेमी दृश्यमा आएको छ । बास्केटबल एकेडेमीको कमी पूरा गर्न आईएसए नेपाल स्थापना भएको छ । जुन नेपालको पहिलो बास्केटबल एकेडेमी हो भन्दा फरक पर्दैन । 

ललितपुरको चाकुपाटस्थित आईएसए नेपाल बास्केटबल एकेडेमीमा अहिले ७० भन्दा बढी प्रशिक्षार्थी प्रशिक्षण गर्छन् । चार वर्षअघि एएसए नेपाल बास्केटबल एकेडेमी स्थापना भएको हो । आईएसएका सीईओ सोनु पाठकका अनुसार सुरुमा दुई–तीन जना बच्चाबाट सुरु गरेको भन्नुहुन्छ । हाम्रो नारा छ ‘वन ड्रिम’ बास्केटबलको सपना नेपालको हरेक कुनामा पु¥याउने । हामी यही सपनासहित बास्केटलमा समर्पित भएका छौँ ।

सोनु भन्नुहुन्छ, हामी नेपालमा बास्केटबल संस्कृति भित्र्याउन  चाहन्छौँ  स्कुलबाट नै खेल संस्कारको विकास हुन सकेमा स्कुलमा उसले प्रतिस्पर्धा गर्ने अवसर पाउन सकेमा मात्र खेलकुदमा सफलता हासिल हुनसक्छ । खेलले स्वस्थ शरीर मात्र होइन, अनुशासन, परिश्रम र लगनशील पनि बनाउँछ । हुन पनि उहाँले भनेजस्तै आईएसएले यस पटक भव्य रूप यू–१२ राष्ट्रव्यापी थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना पनि गरेर आफ्नो एकेडेमीका मात्र होइन, नेपालभरिकै भाइबहिनीको राम्रो गेम एक्सपोजर दिएको थियो ।

आईएसए अहिले फैलिरहेको छ । त्यसैले यस एकेडेमीबाट पक्कै भविष्यका स्टार बास्केटबल खेलाडी तयार हुने अपेक्षा गर्न सकिन्छ । विश्व खेलकुदमा हेर्ने हो भने पनि खेल एकेडेमीबाटै ठूला मात्रामा राम्रो खेलाडी उत्पादन हुने हो । 

सो प्रतियोगितामा ब्वाइजतर्फ सेन्ट जेभियर्स स्कुल र गल्र्समा आयोजक आईएसए नेपाल च्याम्पियन बनेको थियो । यसैगरी आन्तरिक बास्केटबल प्रतियोगितामा पुरुषतपर्फ आईएसए नेपाल इस्ट, महिलातर्फ  आईएसए साउथ, जुनियर ब्वाइजमा आईएसए नर्थ र जुनियर गल्र्समा आईएसए नेपाल बेस्ट च्याम्पियन बने । 

प्रतियोगितामा ब्वाइजतर्फ  आईएसए नेपाल इस्ट, रातो बङ्गला, आईएमएस, सोलो बास्केटबल, एलआरआई, बिडिएस स्कुल, सेन्ट जेभियर्स, रोयल स्पोर्टस् बौद्ध इन्टरनेसनल, आईएसए नेपाल वेस्ट, ललित कल्याण र स्वर्णिम स्कुलले भाग लिएका थिए । गल्र्स इभेन्टमा आईएसए नेपाल इस्ट, बौद्ध इन्टरनेसनल, सेन्ट जेभियर्स, रातो बङ्गला, एलआरआई स्कुल, बिडिएस स्कुल, ललित कल्याण, सेन्ट मेरिज, आईएसए नेपाल वेस्ट, आर्या एकेडेमी र रोयल स्पोर्टस् स्कुलले खेलेका थिए । सीईओ सोनुले अब यो प्रतियोगिता हरेक वर्ष आयोजना हुने जानकारी दिएका छन् ।


आईएसए अहिले फैलिरहेको छ । त्यसैले यस एकेडेमीबाट पक्कै भविष्यका स्टार बास्केटबल खेलाडी तयार हुने अपेक्षा गर्न सकिन्छ । विश्व खेलकुदमा हेर्ने हो भने पनि खेल एकेडेमीबाटै ठूला मात्रामा राम्रो खेलाडी उत्पादन हुने हो । अहिले आईएसए नेपालबारे यत्ति भन्न सकिन्छ– सानोबाट सुरुवात अनि ठूलो लक्ष्य ।