आइसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले मङ्गलबार ओमानविरुद्ध खेल्दै छ । संयुक्त अरब इमिरेट्स (युएई) पनि सहभागी यस त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो । पछिल्ला तीन खेलमध्ये दुईमा जित हासिल गरिसकेको घरेलु टिम नेपालले प्रतियोगिताको अन्त्य सुखद रूपमा गर्ने चाहना राखेको छ । यद्यपि नेपालले यस शृङ्खलामा हात पारेका दुवै खेल युएईविरुद्ध प्राप्त गरेको थियो । नेपालले ओमानसँग भने डकवर्थ लुइसको नियम अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो । हेड टु हेडमा पनि ओमान अगाडि छ । नेपाल र ओमानले हालसम्म नौ ओडिआई खेलेका छन् । जसमा ओमानले पाँच र नेपालले तीनमा जित हात पारेका छन् । एक खेल रद्द भएको थियो ।
आइसिसी विश्वकप लिग २ मा पुछारका दुई टिमबिचको भिडन्तमा नेपालले शनिबार संयुक्त अरब इमिरेट्स (युएई) लाई ३७ रनले हराएको छ । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन र करण केसीको प्रेरणादायी बलिङको प्रमुख भूमिका रह्यो । नेपालले जितपछि १४ अङ्क बनाएको छ । लिग २ मा नेपालले चार हारपछि जित निकालेको हो । नेपालको २१ खेलमा यो मात्र छैटौँ जित हो । यसै गरी नेपालले १३ हार बेहोरेको छ भने दुई खेल अनिर्णीत बनेको थियो । आठ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल सातौँ स्थानमा यथावत् छ ।
खेलकुदमा कुनै कुनै राष्ट्रबिचको प्रतिद्वन्द्विता हेर्नलायक हुन्छ । यस प्रकारको प्रतिद्वन्द्विता नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच हुने खेलमा पनि रहन्छ । नेपाल र युएई अन्तर्राष्ट्रिय क्रिकेटमा परम्परागत प्रतिद्वन्द्वी हुन् । यो शृङ्खला अन्य केही कारणले पनि विशेष छ । सर्वाधिक लोकप्रिय घरेलु क्रिकेटरमध्ये एक दीपेन्द्रसिंह ऐरीले पहिलो पटक टी–२० मा नेपालको नेतृत्व गर्नुहुने छ । नेपालले दुई वर्षभन्दा बढी समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल्दै छ । यसै गरी नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक रातिको समयमा कृत्रिम प्रकाशमा अन्तर्राष्ट्रिय खेल हुँदै छ भने नेपालका प्रशिक्षक स्टुवार्ट लको पनि घरेलु मैदानमा यो पहिलो शृङ्खला बन्ने छ ।
अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ । खेलकुद पनि यसको अछुतो हुने छैन तर पनि हरेक क्षेत्रमा बितेको वर्षको पृष्ठपोषण त हुन्छ नै । त्यसैले सङ्क्षिप्त रूपमा २०८२ सालमा भएका नेपाली खेलकुद गतिविधिलाई फर्केर हेर्ने छौँ ।
कुनै पनि प्रमुख प्रतियोगितामा कहिल्यै यकिनका साथ विजेताको पूर्वानुमान लगाउन सकिँदैन । यद्यपि नेपालको महिला लामो दुरीको दौडको कुरा गर्ने हो भने मज्जाले पक्का विजेताको अनुमान गरिन्छ । कारण हो, घरेलु लामो दुरीको दौडमा सन्तोषी श्रेष्ठले गरेको एक छत्र राज ।
भारतले फेरि टि–२० विश्वकप च्याम्पियन बनेको छ । यो जितसँगै भारत घरेलु मैदानमा टि–२० विश्वकप जित्ने पहिलो टिम बनेको छ । आइतबार न्युजिल्यान्ड र भारतबिच सम्पन्न खेलको उपाधि चुमेपछि लगातार दोस्रो पटक उपाधि चुम्ने टिमको इतिहास पनि भारतले बनाएको छ ।
आयोजक भारत र न्युजिल्यान्डबिच आइतबार आइसिसी टी–२० विश्वकपको उपाधि भिडन्त हुँदै छ । सो खेल जसले जिते पनि नयाँ इतिहास कायम हुने छ । न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो । यसै गरी भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित विशाल नरेन्द्र मोदी रङ्गशालामा हुँदै छ । सो रङ्गशालामा फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।
दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल र वेस्ट इन्डिज दुई फरक परिस्थितिबिच आइतबार एकअर्कासँग खेल्दै छ । समूह ‘सी’ मा वेस्ट इन्डिज सुरुका दुवै खेल जितेर शीर्ष स्थानमा रहेको छ । नेपाल दुवै खेलमा हारेर पुछारमा छ ।
आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने सम्भावना सकिएको भने छैन । नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ । यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ ।
इतिहास रच्नबाट नजिक पुगेर असफल हुँदा हुने पीडाको अनुभव अहिले नेपाली क्रिकेट टिम र समर्थकले गरिरहेका छन् । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार दुई पटकको विजेता तथा प्रमुख उपाधि दाबेदार इङ्ग्ल्यान्डसँग चार रनले स्तब्ध भयो । पछिल्ला ११ मध्ये १० टी–२० खेल जितेकाले इङ्ग्ल्यान्डलाई उपाधि दाबेदारका रूपमा लिइएको थियो ।
नेपालले आइतबार क्रिकेटको जननी इङ्ग्ल्यान्डसँग खेलेर विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ । सो खेल भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे रङ्गशालामा हुने छ ।
क्रिकेटको छोटो संरचनाको महाकुम्भ शनिबार सुरु हुँदै छ । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ । जुन एक महिना नभई निको हुने छाँट देखिँदैन ।
पूजा महतोको अविजित अर्धशतक पालिको सहयोगमा नेपालले शनिबार जिम्बाब्वेलाई छ विकेटले हराएर आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ ।
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो, जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गर्दथ्यो ।