एक वर्षअघि नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर पहिलो च्याम्पियन बन्नबाट वञ्चित भएको पीडा सुदूरपश्चिम रोयल्सले अहिलेसम्म भुल्न सकेको छैन । सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार लुम्बिनी लायन्सलाई हराएर दोस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ ।
प्रारम्भिक ब्याट्सम्यान विनोद भण्डारीको अर्धशतकीय पालिले प्रेरित सुदूरपश्चिम रोयल्स मङ्गलबार विराटनगर किङ्ग्सलाई ७७ रनले हराएर दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ । सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक उपाधि भिडन्त गर्दै छ । पहिलो संस्करणमा सुदूरपश्चिम फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबिचको खेल दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सबभन्दा प्रतिक्षित खेल बनेको थियो । ठुला स्टार खेलाडी मात्र होइन, पछिल्ला खेलमा देखाएको प्रदर्शनले यी दुई टिम चर्चामा थिए ।
टी–२० क्रिकेटको यस्तो संरचना हो, जसमा दर्शक चौका, छक्कासहित रनको वर्षा भएको हेर्न चाहन्छन् । त्यसैले ब्याट्सम्यान पहिलो बलबाट नै रन बनाउन आतुर हुन्छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालमा मङ्गलबार भएका दुवै खेलमा दर्शकले सही अर्थमा टी–२० को मज्जा लिन पाए ।
अन्तर्राष्ट्रिय खेलकुदमा चामत्कारिक प्रदर्शन गरेर नेपालको नाम राख्नेमा क्रिकेट सबभन्दा अगाडि छ । पुरुष होस् या महिला क्रिकेट नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा वाहवाही नै कमाएको छ । नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमले चुपचाप, होहल्लाबिना दृष्टिविहीन टी–२० क्रिकेटमा उपविजेता बनेर क्रिकेटकै सबभन्दा ठुलो गौरव हासिल ग¥यो । नेपाली क्रिकेटलाई विश्वमा चिनाउनेमा अब नेपालको दृष्टिविहीन महिला क्रिकेट टिम
प्रथम दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता बनेर नेपालले ठुलो उपलब्धि हासिल गरेको छ । यद्यपि नेपाली महिला दृष्टिविहीन टिम सन्तुष्ट छैन । नेपाली टिमकी कप्तान गीता पौडेललाई विश्वकप जितेर इतिहास बनाउन नसकेको छट्पटी छ ।
विश्वमा फ्रेन्चाई क्रिकेट लिग निकै लोकप्रिय छ । भारतमा आइपिएल, अस्ट्रेलियामा बिग ब्यास, वेस्ट इन्डिजमा सिपिएल, इङ्ग्ल्यान्डमा दी हन्ड्रेड, दक्षिण अफ्रिकामा रामस्लाम टी–२० च्यालेन्ज, बङ्गलादेशमा बिपिएल, पाकिस्तानमा पिएसएल, श्रीलङ्कामा एसपिल आदि । यी सबै टेस्ट मान्यता प्राप्त राष्ट्रमा खेलिने टी–२० फ्रेन्चाई लिग हुन् ।
गत वर्ष नेपालमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विश्व क्रिकेटकै नजरमा प¥यो । ठुलो सङ्ख्यामा सुपर स्टार विदेशी क्रिकेटरहरूको आगमन, करोडौँको लगानी, विश्वकै अग्रणी स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण गर्नुका साथै क्रिकेटमा नेपालको ‘क्रेज’ ले गर्दा एनपिएलको पहिलो संस्करणले व्यापक चर्चा बटुलेको थियो ।
पछिल्ला केही समय क्रिकेटको छोटो संरचना टी–२० मा रमाएको नेपाली टिम अब अर्को संरचना एकदिवसीय क्रिकेटमा फर्किंदै छ । नेपाल आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत हुन लागेको त्रिदेशीय शृङ्खलामा अमेरिका र घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्न दुबईमा छ ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टिम ओमानविरुद्ध हुने खेलले नेपाली क्रिकेटमा ठुलो महत्व राख्छ । ओमानलाई हराएमा नेपालको आगामी टी–२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्ने छ । नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टी–२० विश्वकप खेल्ने अभियानमा छ ।
नेपालले आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई एक रनले हराएर सन् २०२६ मा हुने आइसिसी टी–२० विश्वकपमा चयनतर्फ एक पाइला सारेको छ । चालु प्रतियोगितामा नेपाल अपराजित छ ।
नेपाली महिला क्रिकेट टिम तीन महिनापछि टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर पार गरेर इतिहास बनाउने सपना देख्दै छ । नेपाली महिला क्रिकेटले पहिलो पटक टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायर खेल्न लागेको हो । थाइल्यान्डमा गत जेठमा भएको एसिया छनोट परेर नेपालले महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेर इतिहास बनाएको थियो ।
नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित बुधबार सुरु हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता खेल्न ओमानमा रहेको छ ।
नेपाली क्रिकेटले थुप्रै महत्वपूर्ण फड्को पार गरेको छ । हालै नेपालले अर्को उपलब्धि हासिल ग¥यो टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्धको शृङ्खला जितको रूपमा । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहा क्रिकेट मैदानमा नेपालले तीन खेलको टी–२० शृङ्खलाको आयोजना गरेको थियो । नेपालले आइसिसीको पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेलेको यो पहिलो पटक थियो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि फ्रेन्चाई क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) सुरु ग¥यो । भव्य रूपमा सफल भएपछि एनपिएललाई पहिलो संस्करणमै भारतको आइपिएलसँग तुलना गर्न थालियो ।