सुरम्या शाक्य अहिले ११ वर्षकी छिन् । सेन्ट मेरिज स्कुलमा कक्षा ६ मा पढ्छिन् । उनी टेबलटेनिस खेलाडी हुन् । सानो उमेरमै सुरम्याले टेबलटेनिसमा धेरै पदक जितिसकेकी छन् । हरेक बालबालिकामा केही न केही प्रतिभा हुन्छ । अभिभावकले समयमै आफ्ना केटाकेटीको प्रतिभा किटान गर्न सक्नु पर्छ । उनीहरूको झुकाव केमा बढी छ । खेलकुदमा छ भने कुन खेल उसका लागि उपयुक्त हुन्छ, त्यो थाहा पाउनु पर्छ । यही कुरालाई मनन गर्दै बुवा सुमन शाक्यले आफ्नी छोरी सुरम्यालाई प्रशिक्षणको व्यवस्था गरेरै टेबलटे
क्रिकेटको अनुसरण गर्दै नेपाली फुटबलमा दुई वर्षअघि फ्रेन्चाई फुटबल लिग सुरु भयो, नेपाल सुपर लिग (एनएसएल) । सन् २०२१ मा पहिलो पटक भएको एनएसएल नितान्त नयाँ प्रयोग थियो । अझ त्यसबेला कोरोनाका कारण खाली रङ्गशालामा एनएसएल खेलाइएको थियो । यद्यपि दर्शकबिना पनि एनएसएलको चर्चा व्यापक बन्यो । फ्रेन्चाई (टिम मालिक) को मोडेल, सहरको नाममा टिम र मार्की प्लेयर, खेलाडी लिलामीद्वारा टिम तयार पार्नु, टेलिभिजन प्रसारण अधिकारको बिक्री अनि सहभागी टोलीहरूले पनि थुप्रै प्रायोजकलाई संलग्न गराएर आफ्नो टिमको ब्रान्डिङ गर्नु आदि विशेषताले एनएसएलले नेपाली फुटबलमा भिन्नै स्वाद दिएको थियो ।
मार्सल आर्ट्स त्यसमा पनि तेक्वान्दो नेपालमा प्रशिक्षण लिएर सबभन्दा बढी खेलिने खेल हो । देशभरि मार्सल आर्ट्स डोजाङको सङ्ख्या गन्ने हो भने हजारौँ पुग्छ । जसबाट हाम्रो देशमा यो खेलको लोकप्रियता थाहा हुन्छ । सन् २००७ मा जन्मिएका आयुषले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेलिसकेका छन् । अहिले नै आयुषको घरमा रहेको सङ्ग्रहमा थुप्रै ट्रफी, पदक छन् ।
विश्वकप क्रिकेट प्रतियोगितामा आयोजक सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ । सन् २०११ देखि लगातार आयोजक राष्ट्रले नै विश्वकप जितेको दृष्टान्त छ । त्यसैले पनि यसपालि प्रतियोगिताअघि भारतले नै विश्वकप जित्छ भनेर ठुलै होहल्ला भयो । भारतको टिम बलियो पनि थियो । त्यसैले राम्रो टिम त्यसमा पनि घरेलु मैदानमा खेल्ने भएकाले भारतले यसपालि विश्वकप जित्ने धेरैले अपेक्षा गरेका थिए । भारतको क्रिकेट टिम फाइनलअघिसम्म अजय नै देखिन्थ्यो । भारत लगातार दस खेल
घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।
रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्व विजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा आज एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन तेज हुनेछ । विश्वकप क्रिकेटको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी रङगशालामा हुँदैछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।
स्पीनरहरुको सटिक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ।
कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् ।
कुशल भुर्तेलले विस्फोटक अर्धशतकीय पालिको सहयोगमा आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालले शानदार सुरुआत गरेको छ ।
आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दै छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने छ ।
आइसिसी टि–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दैछ ।
नेपाल बिहीबार सउदी अरबलाई एकपक्षीय खेलमा ३०१ रनले हराएर एसिसी यु–१९ प्रिमियर कपको समिफाइनलमा पुगेको छ ।
कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरण पार गर्ने लक्ष्यसहित नेपाली टिम अहिले लाओसमा रहेको छ । नेपालले मङ्गलबार साँझ लाओसको न्यु लाओस नेसनल स्टेडियममा घरेलु टिमविरुद्ध छनोटको पहिलो चरणको अवे खेल खेल्दै छ । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।