रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्व विजेता अस्ट्रेलियाविरुद्ध विश्वकप क्रिकेट प्रतियोगितामा उपाधि भिडन्त गर्दा आज एक अर्ब ४० करोड भारतीयहरुको मुटुको धड्कन तेज हुनेछ । विश्वकप क्रिकेटको फाइनल अहमदाबादस्थित नरेन्द्र मोदी रङगशालामा हुँदैछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपस्थित हजारौँ समर्थकलाई निराश पार्दै घरेलु टिम नेपाललाई सुपर ओभरमा हराएर ओमान आइतबार आइसीसी टि२० विश्वकप एसिया क्वालिफायर च्याम्पियन बनेको छ ।
स्पीनरहरुको सटिक बलिङपछि आसिफ शेखले म्याच जिताउने पालि खेलेपछि नेपाल शुक्रबार परम्परागत प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा ८ विकेटले हराएर टि २० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको छ ।
कुशल भुर्तेल र कुशल मल्लको विस्फोटक ब्याटिङको सहयोगमा नेपालले मङ्गलबार मलेसियालाई छ विकेटले हराएर आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट नेपाल र ओमानले एक खेलअघि नै अन्तिम चारमा स्थान बनाएका हुन् ।
कुशल भुर्तेलले विस्फोटक अर्धशतकीय पालिको सहयोगमा आइसिसी टी २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपालले शानदार सुरुआत गरेको छ ।
आइसिसी टी–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दै छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक २० गतेसम्म नेपालमै आयोजना हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुने छ ।
आइसिसी टि–२० विश्वकप खेल्ने लक्ष्यसहित नेपालले सोमबारदेखि यस प्रतियोगिताको एसिया क्षेत्र छनोट प्रतियोगिता खेल्दैछ ।
नेपाल बिहीबार सउदी अरबलाई एकपक्षीय खेलमा ३०१ रनले हराएर एसिसी यु–१९ प्रिमियर कपको समिफाइनलमा पुगेको छ ।
कप्तान रोहित पौडेलको सङ्कटको समयमा अविजित अर्धशतकीय पालि खेलेपछि त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टिम नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई पहिलो खेलमा सात विकेटले पराजित गरेको छ । यस शृङ्खला हङकङ पनि रहेका छ ।
फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरण पार गर्ने लक्ष्यसहित नेपाली टिम अहिले लाओसमा रहेको छ । नेपालले मङ्गलबार साँझ लाओसको न्यु लाओस नेसनल स्टेडियममा घरेलु टिमविरुद्ध छनोटको पहिलो चरणको अवे खेल खेल्दै छ । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।
उत्कृष्ट व्यापारिक केन्द्र घोषित चीनको होङजाउले एसियाली खेलकुदलाई प्रतिष्ठाको विषय बनाएको थियो । कोरोना महामारीले एक वर्ष ढिला सुरु भएपछि होङजाउले तयारीका लागि थप एक वर्ष समय पनि पायो । त्यसैले होङजाउ एसियाडमा रौनकताको कुनै कमी भएन । होङजाउ एसियाडलाई एक सफल आयोजना मानिएको छ । नेपालको सन्दर्भमा पनि होङजाउ सहभागिता सम्झनलायक बन्यो । हुन त कराँते खेलाडी एरिका गुरुङको रजत पदक र नेपाली महिला कबड्डीले दिलाएको कांस्य पदक मात्र होङजाउ एसियाडमा नेपालका लागि सफलताका रूपमा रह्यो । यसबाहेक नेपाली क्रिकेट टिमले
विश्वकप क्रिकेट खेल्न विश्वका उत्कृष्ट दस टिम र सो टिमका नामी क्रिकेटर भारतमा छन् । विश्वकप क्रिकेटलाई फुटबलपछि लोकप्रियताको आधारमा दोस्रो सबैभन्दा ठुलो प्रतियोगिता मानिन्छ । अझ क्रिकेटको अपार क्रेज भएको नेपालमा विश्वकप क्रिकेटको प्रतीक्षा फुटबलको विश्वकपसरह नै गरिन्छ । विश्वकप व्रिmकेटको यो १३ औँ संस्करण हो । सन् १९७५ मा पहिलो पटक विश्वकपको आयोजना भएको हो । वेस्ट इन्डिजले पहिलो संस्करण मात्र होइन सन् १९७९ मा दोस्रो विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि पनि जित्यो । सो समय वेस्ट इन्डिज अजय थियो । वेस्ट इन्डिजको धाकलाई चुनौती दिने कोही थिएनन् । यसपालि वेस्ट इन्डिज विश्वकपमा चयन पनि हुन सकेन ।
इन्द्रजात्राको अवसरमा काठमाडौँमा रहेका पुरातात्त्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यसहित बिहीबार ‘हेरिटेज वाक’ (सम्पदा पदयात्रा) आयोजना भएको छ ।
एसिया कपमा भारतसँगको ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेलमा नेपालले पहिलो पावर प्लेमा गजबको सुरुआत गरी विपक्षी टिमलाई स्तब्ध पारेको छ ।
भारतविरुद्धको क्रिकेट खेल नेपालका लागि सधैँ प्रतिष्ठाको विषय बन्ने गरेको छ । त्यसैले नेपालका लागि भारत कुनै पनि हालतमा हार्न नचाहने प्रतिद्वन्द्वी हो । यस्तो भावना खेलाडीमा मात्र नभई समर्थकमा पनि रहँदै आएको छ । एसिया कप अन्तर्गत नेपालले सोमबार भारतविरुद्ध खेल्दै छ । नेपालका लागि विश्वविजेता भारतसँगको भिडन्त पक्कै पनि सहज छैन ।