साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल बुधबार कुवेतसँग ३–१ ले पराजित भएको छ । यस जितसँगै कुवेतको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालले भने अन्तिम चारको सम्भावना कायम राख्न शनिबार भारत र मङ्गलबार पाकिस्तानविरुद्ध अनुकूल नतिजा निकाल्नुपर्ने छ । कुवेत आमन्त्रित टिमका रूपमा साफ च्याम्पियनसिपमा सहभागी भएको हो । कुवेतबाहेक दक्षिण एसिया बाहिरको लेबनानले पनि यस प्रतियोगितामा खेल्दै छ ।
नेपाल साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।
नेपालका सेन्टर ब्याक अनन्त तामाङले बुधबार साफ च्याम्पियनसिप २०२३ मा कुवेतविरुद्ध खेलेर ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुङ्गा छुनुभएको छ ।
साफ च्याम्पियनसिप नेपाली फुटबलको स्तर जाँच्ने प्रतियोगिता मानिन्छ । त्यसैले साफ च्याम्पियनसिप हुँदा नेपाली फुटबल टिमबारे अनेक चर्चा परिचर्चा हुने गर्दछ ।
सहिद स्मारक ‘ए’ डिभिजन जस्तो घरेलु शीर्ष लिग जित्न कुनै पनि क्लबलाई लामो पर्खाइ र धैर्य आवश्यक हुन्छ । ठूलो अप्ठ्यारो सामना गर्नु पर्छ । किनभने लिग फुटबल उपाधि जित्नु भनेको चानचुने कुरा होइन । लिग फुटबल लामो समय चल्ने गर्छ । सबैले सबै टिमविरुद्ध प्रतिस्पर्धा गर्नु पर्छ । अझ यस पालि सहिद स्मारक ‘ए’ डिभिजन लिग दोहोरो संरचनामा भयो । त्यसैले यस पटकको लिग अझ कठिन थियो तर चर्च ब्वाइज युनाइटेड अपवाद बन्यो । चर्च ब्वाइजले देशको सबभन्दा ठूलो लिग फुटबल प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्न एक वर्ष पनि कुर्नु परेन । चर्च ब्वाइज अकस्मात् नेपाली फुटबलमा
घर बलियो हुनलाई जग राम्रो हुनुपर्छ भन्ने तिमीहरूलाई थाहै छ होला । यो सबैले सुनेकै उखान हो नि । खेलकुदमा पनि यस्तो हुन्छ । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न सकियो भने भविष्यमा सो देशकै खेलकुदको स्तर राम्रो हुन्छ । सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन र राम्रो प्रतिभा खोज्न पर्छ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा राख्न सक्ने खेलाडी मिल्छ । अनि खेलले नेपालको नाम उँचो हुन्छ । ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने देशहरूले खेलकुद विकास
विश्व क्रिकेटमा एसोसिएट राष्ट्रमाझ नेपाल ठूलो माछा हो । त्यसैले यही वैशाख महिनामा घरेलु मैदानमा एसिसी प्रिमियर कपमा सहभागी हुँदा नेपाललाई उपाधिको प्रमुख दाबेदार मानियो । नेपालले अपराजित रहेर च्याम्पियन बनी आफूमाथिको विश्वासलाई सही साबित पनि ग¥यो । दस टिम सहभागी यस प्रतियोगितामा युएई, ओमान जस्ता बलिया टिमबिच नेपालले सजिलै प्रतियोगिता जितेको हो । यो प्रतियोगिता एसिया कपको छनोट पनि थियो । त्यसैले च्याम्पियन नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा खेल्ने पक्का भयो । नेपालले एसिया कपमा खेल्न लागेको यो पहिलो पटक हो । यस अर्थमा नेपाली क्रिकेटले इतिहास कायम ग¥यो ।
नेपाली क्रिकेटले अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि मङ्गलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यससँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
जग बलियो भयो भने घर बलियो हुन्छ भन्ने उखान तिमीहरूले सुनैकै हुनुपर्छ । खेलकुदमा पनि यस्तो हुन्छ । खेलकुदमा जग बलियो बनाउने भनेको स्कुल स्पोर्टस् र एकेडेमीहरू हुन् । अझ स्कुले जीवनमा राम्रो प्रशिक्षण हुनेमा ग्यारेन्टी हुँदैन तर खेलका एकेडेमीहरूले सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन दिन्छ । राम्रो प्रतिभा खोज्न मद्दत गर्छ । जसले भविष्यमा ती खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा खेलद्वारा कायम गर्छन् । जसले नेपालको नाम उँचो हुन्छ ।
अपेक्षा गरेको बेला प्राप्त सफलताभन्दा नगरेको बेला प्राप्त सफलताले अपार खुसी दिने रहेछ । यस्तै खुसी अहिले नेपाली क्रिकेटले दिएको छ । करिब चार वर्षअघि नेपाल आईसीसी विश्वकप क्रिकेट लिग–२ मार्फत विश्वकप छनोटको ग्लोबल चयनमा पुग्ने र एकदिवसीय मान्यता जोगाउने अभियानमा निस्केको थियो । यस अवधिमा लिग–२ मा सहभागी सात राष्ट्रले होम र अवे गरी कुल ३६–३६ खेल खेल्नुपथ्र्यो । त्यसपछि शीर्ष पाँचमा रहन सके एकदिवसीय मान्यताप्राप्त हुने र शीर्ष तीनमा स्थान बनाउने सके विश्वकप छनोटमा स्वतः चयन हुने प्रावधान रहेको थियो, जुन अभियानमा नेपालको सुरुवात कमजोर रह्यो ।
कम उमेरमा नै उचित प्रशिक्षण, मार्गदर्शन पायो भने राम्रो प्रतिभा भएका खेलाडीले पक्कै अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा खेलद्वारा कायम गर्न सक्छ । अहिले शुभश्री श्रेष्ठको परिवारले उनलाई सोही सोचाइले प्रेरित भएर टेबलटेनिसमा लगाउनुभएको छ । हुन त शुभश्रीको परिवार नै टेबलटेनिस खेलप्रति समर्पित छ । शुभश्रीका बाजे गोवद्र्धन श्रेष्ठ, फूपू ज्योत्सना श्रेष्ठ, बुवा प्रितेश श्रेष्ठ पनि टेबलटेनिस खेलाडी हुनुहुन्थ्यो । ‘वंशाणुगत गुण नै होला, शुभश्री पनि सानैदेखि टेबलटेनिसमा लोभिइन् र सानै उमेरमा च्याम्पियन भएर निस्किइन् ।
मैदानभित्र प्रायः खुसी दिने गरेको छ नेपाली क्रिकेटले । विश्वकप टी–ट्वान्टीमा सहभागिता, अनि पहिलो सहभागितामा तीनमध्ये दुई खेलमा दुर्लभ जित, आईसीसीबाट अन्तर्राष्ट्रिय एकदिवसीयको मान्यता, अन्तर्राष्ट्रिय टी–ट्वान्टीको मान्यता, विगतमा टेस्ट नखेल्ने राष्ट्रबीचको वरीयतामा शीर्ष स्थान– नेपाली क्रिकेट टिमले हासिल गरेका उपलब्धिका केही उदाहरण हुन् यी । अन्तर्राष्ट्रियस्तरमै यस्ता ठूला उपलब्धि नेपाललाई अन्य खेलले दिलाएको छैन । तर अहिले त्यही नेपाली क्रिकेटको मैदानभित्र र
अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेसीले आफ्नो खेल जीवनमा विशेषत स्पेनी क्लब बार्सिलोनालाई कैयौँ उपाधि दिलाउन सहयोग गर्नु भयो । व्यावसायिक फुटबलमा उहाँ संलग्न टिमले हासिल नगरेको कुनै उपाधि बाँकी छैन । तर सन् २०१४ को विश्वकप र त्यसको दुई वर्षपछि कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेसी निराश हुनु भयो । आफ्नो देशका लागि प्रमुख प्रतियोगिताको उपाधि हासिल गर्न बारम्बार चुकेपछि मेसी विक्षिप्त नै बन्नुभयो । कोपा अमेरिकाको फाइनलपछि त आवेगमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिनुभयो । मेसीको यो निर्णयले विश्व फुटबलमै ठूलो हलचल मच्चियो । त्यसपछि विश्वभर मेसीको यो निर्णय फर्काउने अभियान चल्यो । समर्थकहरूको मायाले मेसीको मन पनि पग्लियो । उहाँले आफ्नो सन्न्यास फिर्ता लिनुभयो र पुनः अर्जेन्टिनालाई विश्वकप जिताउने सपना देख्नुभयो । जुनः सपना अन्ततः कतार विश्वकपमा साकार पनि भयो ।
विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ सुरु भइसक्यो । विश्वका सबै फुटबल समर्थकलाई फुटबलको ज्वरोले च्यापिसक्यो भन्दा हुन्छ । नेपालीहरू फुटबललाई धेरै माया गर्नुहुन्छ । त्यसैले नेपालमा विश्वकपको चर्चा नहुने कुरै भएन । नेपालमा विश्वकपका खेल प्रायः राति हुन्छ तर हामी निद्रा नै मारेर पनि विश्वकप हेर्ने गर्छौं । तिमीहरूलाई पनि निद्रा नै मारेर भए पनि टेलिभिजनमा फुटबल हेर्न मन लाग्छ होला । कतिले निद्रा मारेर फुटबल हेर्ने योजना बनाइरहेको होला तर स्कुल जानुपर्ने विद्यार्थीले राति जाग्राम बस्नु राम्रो पनि हुँदैन । यद्यपि विश्वकपका केही खेल चाँडो पनि हुन्छन् । त्यसैले चाँडै हुने खेल र हाइलाइट्स हेरेर विश्वकपको मज्जा लिन सकिन्छ । अहिले त धेरै स्कुलमा विश्वकप फाइनल हेर्न भोलिपल्ट बिदा दिने चलन पनि आइसक्यो ।
चार वर्षको प्रतीक्षापछि विश्वका उत्कृष्ट र चर्चित फुटबल खेलाडी आइतबारदेखि फुटबलको महाकुम्भ मेलामा कतारमा भेला हुँदै छन् । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।