विश्व क्रिकेटमा एसोसिएट राष्ट्रमाझ नेपाल ठूलो माछा हो । त्यसैले यही वैशाख महिनामा घरेलु मैदानमा एसिसी प्रिमियर कपमा सहभागी हुँदा नेपाललाई उपाधिको प्रमुख दाबेदार मानियो । नेपालले अपराजित रहेर च्याम्पियन बनी आफूमाथिको विश्वासलाई सही साबित पनि ग-यो । दस टिम सहभागी यस प्रतियोगितामा युएई, ओमान जस्ता बलिया टिमबिच नेपालले सजिलै प्रतियोगिता जितेको हो । यो प्रतियोगिता एसिया कपको छनोट पनि थियो । त्यसैले च्याम्पियन नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा खेल्ने पक्का भयो । नेपालले एसिया कपमा खेल्न लागेको यो पहिलो पटक हो । यस अर्थमा नेपाली क्रिकेटले इतिहास कायम ग-यो ।
एसिया कपमा पुगेपछि नेपाली क्रिकेटप्रेमी समर्थकको खुसी त स्वाभाविक नै थियो । यसपालि एसिया कपमा स्थान बनाएर भारत र पाकिस्तान रहेको समूहमा परेपछि विश्वमै नेपाली व्रिmकेटको समाचार बन्यो । नेपाली क्रिकेट टिमलाई बधाईको ओइरोे लाग्यो ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल
‘प्रचण्ड’ ले नेपाली क्रिकेट टिम मात्र होइन, समस्त नेपालीलाई बधाई दिनुभयो । यति मात्र होइन, अन्य ठूला राजनीतिक दल अनि विविध सङ्घसंस्थाले प्रेस विज्ञप्ति, ट्विटर, फेसबुकमार्फत बधाई दिए । साना–ठूला, क्रिकेट बुझेका–नबुझेका, जनता–नेता सबै जना क्रिकेटले दिएको उपलब्धिमा खुसी बने । नेपालका लागि यो सफलता अत्यावश्यक पनि थियो । किनभने नेपाललाई यही प्रतियोगिताले एसिया कपमा पु¥याउने समीकरण थियो । २७ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालको विपक्षी टिमहरूको स्तरको आधारमा यो सर्वाधिक ठूलो प्रतियोगिता हो भन्दा फरक नपर्ला । त्यसैले नेपालले यस पटक जसरी पनि एसिया कपमा खेल्ने लक्ष्य लिएको थियो ।
हुन त नेपालले दस वर्षअघि नै विश्वकप टी–ट्वान्टी क्रिकेट खेलिसकेको छ । विश्वकप टी–ट्वान्टीमा पहिलो सहभागितामै नेपालले तीनमध्ये दुई खेलमा दुर्लभ जित पनि हासिल गरेको छ तर विश्वकपको प्रारम्भिक चरणको रूपमा रहेको सो समूहमा ठुला टिमको सहभागिता थिएन । विश्वकप टी–ट्वान्टीमा नेपालले हङकङ, अफगानिस्तान र बङ्गलादेशसँग खेलेको थियो । त्यसैले पनि एसिया कपमा चयन नेपाली क्रिकेटको अहिलेसम्मकै ठुलो उपलब्धि हो भन्दा हुन्छ ।
अहिले नेपाली क्रिकेट स्वर्णिम युगमा छ । पछिल्लो दुई महिनामा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ मार्फत शीर्ष तीनमा आफ्नो एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटको ग्लोबल चयनको सपना पनि पूरा गरेको थियो । विश्वकप क्रिकेट लिग–२ मा नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित हासिल गरेर विश्वकप छनोटमा स्वतः पुग्न योग्य बनेको हो, जुन नेपाली व्रिmकेटमा चमत्कार मानिएको छ ।
त्यसपछि एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बन्न सक्छ भन्ने भरोसा सबैलाई भइसकेको थियो । लगातार छ खेल जितेर नेपालले आफ्नो शानदार लयलाई कायम पनि राख्यो । यस सफलता नेपालले रोहित पौडेलको नेतृत्व र प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षकत्वमा प्राप्त ग¥यो । यी दुईको हिट जोडीलाई साथ दिए अन्य खेलाडीले । नेपाली व्रिmकेटले धेरै महìवपूर्ण फड्को पार गरेको छ, थुप्रै उपलब्धि हासिल गरेको छ । खेल र खेलाडीमा गुणात्मक सुधार आएको छ । विगतमा टी–ट्वान्टीमा मात्र छाप छोडेको नेपालले अहिले एकदिवसीय व्रिmकेटमा पनि लगातार प्रगति गरेको छ । सिनियरमा मात्र होइन, यू–नाइन्टिन, यू–सिक्स्टिन उमेर समूहमा पनि क्षमता देखाएको छ । महिला क्रिकेटमा पनि नेपाल कमजोर छैन । त्यसैले पनि व्रिmकेटको यो सफलतालाई कायम राख्न नेपाललाई विश्व क्रिकेटका सुपरपावर टिमसँग खेल्नु जरुरी थियो ।अब पक्कै पनि हामीले करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी जस्ता नेपाली बलरहरूले विराट कोहली, बाबर आजम, रोहित शर्मा जस्ता ब्याट्सम्यानहरूको विकेट ढालेको हेर्न पाउने छौँ । कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेललगायतका नेपाली ब्याट्सम्यानले विश्वका नामी बलरहरूको बलिङमा चौका, छक्का लगाएको हेर्ने नेपाली व्रिmकेटप्रेमीहरूको सपना पूरा हुनेछ ।
नेपालले भारत र पाकिस्तानविरुद्ध खेल्नुअघि जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्ने छ, जुन प्रतियोगितामा नेपालले अहिलेसम्मकै सबभन्दा उच्च दस टिमसँग प्रतिस्पर्धा पनि गर्ने छ । विश्वकप छनोटमा वेस्ट इन्डिज, श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, नेदरल्यान्ड, जिम्बाब्वे जस्ता पटकपटक विश्वकप खेलिसकेका टिम छन् । त्यसैले एसिया कपमा भारत र पाकिस्तानविरुद्ध खेल्न नेपालका लागि यो जस्तो राम्रो अभ्यास खेल प्राप्त हुने छैन भन्दा हुन्छ । यस अर्थमा नेपाल भाग्यमानी पनि छ । विश्व च्याम्पियन टिमहरू वेस्ट इन्डिज र श्रीलङ्कासँगको प्रतिस्पर्धाले नेपाललाई थप निखार्ने छ ।
यस विश्वकप छनोटबाट दुई टिम भारतमा हुने एकदिवसीय विश्वकपमा खेल्न चयन हुने प्रावधान रहेको छ । यस प्रतियोगिताबाट नेपालले विश्वकपको टिकट काट्ने सम्भावना क्षीण छ । सो प्रतियोगितामा नेपाललाई दाबेदार मानिएको छैन । यद्यपि अहिले त विश्वका ठूला टिम पनि नेपालसँग तर्सिएको छ । हुन पनि विश्व व्रिmकेटमा सानो मानिएको राष्ट्रले पनि थुप्रै स्तब्धकारी नतिजा निकालेको इतिहास छ । त्यसैले ग्लोबल छनोटमा कसैले नेपाललाई हलुका रूपमा नलिने पक्का छ ।
यद्यपि अहिले क्रिकेटप्रेमीसमक्ष नेपालले भारत, पाकिस्तान, श्रीलङ्का, वेस्ट इन्डिज जस्ता टिमसँगै प्रतिस्पर्धात्मक क्रिकेट खेल्न सक्छ कि सक्दैन भन्ने संशय कहीँ कतै नभएको होइन । करिब १५० किमि प्रतिघण्टाको बलिङको सामना नेपाली ब्याट्सम्यानहरूले गर्न सक्ला भन्ने डर पनि छ । नेपाली बलरहरू विश्वका एकसे एक ब्याट्सम्यानको अगाडि साधारण साबित त हुँदैन भन्ने चिन्ता पनि छ तर एउटै प्रतियोगितामा जब प्रतिस्पर्धा हुन्छ, तब मात्र हामी बलियो र कमजोर भनी तुलना गर्न सक्छौँ । ती बलर र ब्याट्सम्यानको सामना नै नगरी अनुमान गर्नु जायज पनि हुँदैन ।
नेपाली टिमको कुरा गर्ने हो भने अहिले यो टिम स्तरीय र सन्तुलित छ । नेपालको सबभन्दा ठूलो शक्ति बलिङ हो । नेपालको बलिङमा सबै विविधता छ । प्रारम्भिक तेज बलरहरू करण केसी र सोमपाल कामीको सायद धेरै गति नहोला । यद्यपि यी दुवैमा राम्रो लाइन एन्थ लेन्थमा लगातार बलिङ गरेर विश्वका कुनै पनि शीर्ष ब्याट्सम्यानलाई समस्यामा पार्ने क्षमता छ । नेपालको स्पिन आव्रmमणमा सबभन्दा ठूलो जिम्मेवारी हुनेछ ।
सन्दीप लामिछाने नेपालसँग ब्रह्मास्त्रका रूपमा नै हुनुहुन्छ । सन्दीप एक च्याम्पियन बलर हुनुहुन्छ । उहाँसँग एक्लैले खेललाई उल्ट्याउने सामथ्र्य छ । उहाँका अर्का स्पिन साझेदार ललित राजवंशी पनि क्वालिटी बलर हुनुहुन्छ । उहाँले लगातार आफूलाई साबित पनि गरिरहनुभएको छ । ब्याटिङमा कुशल भुर्तेल र आसिफ शेखको ओपनिङ जोडी हेर्नलायक छ । दुवै तेज गतिमा खेल्न सक्छन् । यद्यपि भुर्तेलको छवि आव्रmामक ब्याट्सम्यानको छ । भुर्तेलको नाममा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा लगातार तीन अर्धशतकको विश्वकीर्तिमान छ ।
आसिफ लामो पालि खेल्न सक्ने ब्याट्सम्यान हुनुहुन्छ । भीम सार्कीले ब्याटिङ व्रmमको महत्वपूर्ण स्थान वन डाउनमा अनुभवी ज्ञानेन्द्र मल्लको स्थान लिइसक्नुभएको छ । यद्यपि ठूला टिमविरुद्ध खेल्दा नेपाललाई ज्ञानेन्द्रको अनुभवको आवश्यकता पनि नर्कान सकिँदैन । ज्ञानेन्द्रलाई टेक्निकल रूपमा नेपालका अहिलेसम्मकै सबभन्दा सक्षम ब्याट्सम्यान मानिन्छ । यसबाहेक कुशल मल्ल, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख जस्ता युवा अलराउन्डरको जमातले नेपाली टिम निकै सन्तुलित छ ।
पुनः एसिया कपमा फर्कौं । कुनै कुनै राष्ट्रबिच शत्रुसरहको प्रतिद्वन्द्विता हुन्छ, जसको सबभन्दा ठूलो उदाहरण भारत र पाकिस्तानबिचको क्रिकेट हो । मैदानभित्र मात्र होइन, मैदानबाहिर पनि यी दुई राष्ट्रको मेल छैन । अहिले हुन लागेको एसिया कप यी दुई राष्ट्रको विवादले नहुने पो हो कि भने डर छ, जुन डर विशेषतः नेपाली क्रिकेट तथा समर्थकलाई अझ ठुलो छ ।
नेपालले कठिन छनोट चरण पार गरेर यस पटक एसिया कपमा खेल्नका लागि आफूलाई योग्य बनाएको छ । एसिया कप नेपालका लागि विश्वकपभन्दा कम छैन । एसिया कपमा नेपाल भारत र पाकिस्तानको समूहमा परेको छ । त्यसैले नेपाली क्रिकेटप्रेमीका लागि यो प्रतियोगिताको पर्खाइ व्यग्र छ तर भारत र पाकिस्तानबिचको भनाभनले एसिया कप खेल्ने अवसरबाट वञ्चित हुनेमा संशय भने उत्पन्न भएको छ । विगतमा यो नियति भोगिसकेकाले पनि नेपालको डर बढेको हो । पाकिस्तान आगामी सेप्टेम्बरमा हुने एसिया कपको आयोजक हो तर भारतले पाकिस्तानमा गएर नखेल्ने अडान लिएपछि एसिया कप हुने, नहुने अन्योल भएको होे ।
२१ वर्षअघि पनि नेपाल एसिया कपमा चयन भएको थियो तर यी दुई राष्ट्रबिचकै तनावले सो समय एसिया कप रद्द भयो । नेपालको भारत र पाकिस्तानसँग क्रिकेट खेल्ने सपना चकनाचुर भयो । त्यसपछि अहिलेसम्म नेपालले विश्व व्रिmकेटका महाशक्ति राष्ट्र भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको छैन । यस पटक नेपालले भारत र पाकिस्तान मात्र होइन, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान जस्ता टिमसँग खेल्न आफूलाई योग्य बनाएको छ ।
एसोसिएटबिच ठूला माछा भए पनि एसिया कपमा नेपाललाई सानो माछाका रूपमा आकलन गरिने छ । अहिलेसम्म क्रिकेटका ठूला राष्ट्रसँग खेल्ने ‘एक्सपोजर’ नपाएको नेपालले भारत र पाकिस्तानको सुदृढ टिमसँग एकै समूहमा खेल्नुपर्ने भएकाले नेपालले अगाडि बढ्ने अपेक्षा गरिएको छैन । यद्यपि भारत र पाकिस्तानविरुद्धको खेलमा नेपालले चमत्कार गर्न सक्यो भने विश्व क्रिकेटमा नेपालको नाम ठूलो सम्मानका साथ लिइने पक्का छ ।