शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक १७ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले यस वर्ष ए डिभिजनको राष्ट्रिय लिग मात्र गर्ने मात्र गर्ने भएको छ ।
एन्फाले अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग गर्ने पनि उल्लेख गरेको छ । एन्फामा सोमबार ए डिभिजन क्लबहरूसँग भएको छलफलमा होम एन्ड लिग २०८३ को पुसदेखि होम एन्ड अवे आधारमा गर्ने सहमति भएको छ ।
सहमतिअनुसार यस वर्ष तीन वर्षअघिको ए डिभिजन लिगको शीर्ष ६ टोली र आगामी मङ्सिरमा हेटौँडामा हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार टोली गरी १० टोलीबीचको राष्ट्रिय लिग गरिने छ।
