रातो कार्ड, एक गोलले पछाडि, प्रीति राईको गोल अमान्य र तनावले करिब एक घण्टाको खेल रोकिनु जस्ता प्रतिकूल परिस्थितिलाई चिर्दै नेपालले आइतबार परम्परागत प्रतिद्वन्द्वी भारतलाई टाइब्रेकरमा ४–२ ले हराएर साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको छ ।
साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने सपना पूरा गर्न नेपाललाई आइतबार पाँच पटकको विजेता भारतविरुद्धको खेल हार्ने छुट छैन ।
साफ महिला फुटबल च्याम्पियन्सिप २०२४ मा नेपाल घरेलु मैदानमा शुक्रबार भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजासँगै महिला फुटबलमा नेपालले भुटानमाथि बनाउँदै आएको दबदबा गुमाएको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपालको ठुलो चाड दसैँ भन्दैन । खेलाडीहरूले देशका लागि दसैँलाई पनि माया मार्दै प्रतियोगिता खेल्न विदेश जानुपर्ने हुन्छ । यसपालि कराँतेकी स्टार खेलाडी एरिका गुरुङसहित
विश्व क्रिकेटमा फ्रेन्चाई लिग क्रिकेटको लोकप्रियता उत्कर्षमा छ ।
होङजाउ एसियाडमा रजत पदक जित्दा नेपाली खेलकुदमा १९ वर्षीय एरिका गुरुङको नाम मात्र गुञ्जायमान भएको थियो ।
केही समयअघिसम्म नेपाल र ओलम्पिक/पारा ओलम्पिक पदक, यो एउटा यस्तो विरोधाभास थियो; जसलाई प्रमाणित गर्न जरुरी थिएन । किनभने हरेक ओलम्पिक/पारा ओलम्पिकमा नेपालको उपलब्धि सहभागितामा मात्र सीमित थियो । विश्व खेलकुदको ठुलो मेलामा नेपालले सहभागिताको परम्परालाई मात्र पछ्याउने गथ्र्याे ।
भारतलाई हराएर च्याम्पियन बन्ने नेपालको सपना अधुरै रह्यो । उपाधि जितेको भए नेपाली भलिबल टिमले घरेलु कोर्टमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पार्ने थियो । यद्यपि यस टिमले नेपाली महिला भलिबलको भविष्यलाई लिएर ठुलो भरोसा दिलाएको छ । फुटबल र क्रिकेटको मात्र धेरै चर्चा हुने नेपाली खेलकुद वृत्तमा अहिले भलिबल पनि थपिएको छ । भलिबलको चर्चा पनि महिला टिमका कारण चुलिँदै छ । महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार उपलब्धिसहित समर्थकलाई आफूसँग जोड्न बाध्य बनाउँदै छ । यसै महिना काभा नेसन्स भलिबल लिगमा दमदार प्रदर्शनसहित फाइनल यात्रा र
ओलम्पिकलाई विश्व खेलकुदको सबभन्दा ठूलो मेला मानिन्छ । ओलम्पिक खेलमा विश्वका सबै देशले भाग लिन्छन् । विश्वमा खेलिने प्रायः सबै लोकप्रिय खेल ओलम्पिकमा खेलिन्छन् । ओलम्पिकमा विश्वका सबै देशका उत्कृष्ट खेलाडीको एकै ठाउँमा जमघट हुन्छ । त्यसैले ओलम्पिक खेल्ने सपना हरेक खेलाडीले साँचेको हुन्छ तर पदक जित्ने सौभाग्य कमैलाई मात्र मिल्छ । ओलम्पिक प्राचीनकालमै सुरु भएको हो । ग्रिसमा ओलम्पिक खेलिन्थ्यो । ओलम्पिया पर्वतमा प्रतियोगिता हुन्थ्यो । यसैले यो प्रतियोगिताको नामकरण पनि ओलम्पिक भयो । प्राचीन ओलम्पिकको सुरुवात इसापूर्व ७७६ मा भएको मानिन्छ ।
ओलम्पिकको उत्साह आठ वर्षपछि फर्केको छ । कोरोनाका कारण अघिल्लो संस्करणको उद्घाटन खल्लो भएकोलाई विस्मृतिमा ठेल्दै फ्रान्सको राजधानी पेरिसले शुक्रबार राति ३३ औँ ओलम्पिकको भव्य उद्घाटन गरी सोही सन्देश दियो ।
इङ्ग्ल्यान्डको फुटबल टिम ५८ वर्षपछि प्रमुख फुटबल उपाधि जित्ने दाउमा छ । इङ्ग्ल्यान्डले आइतबार राति स्पेनविरुद्ध युरो च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त गर्दै छ । स्पेन भने कीर्तिमान चौथो
विश्वकप क्रिकेट प्रतियोगितामा खेल्दा भारत सधैँ प्रमुख दाबेदारका रूपमा रहेको हुन्छ तर विश्वकपमा भारतले कहिल्यै आफूमाथिको अपेक्षा पूरा गर्न सकेन । सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमै च्याम्पियन हुँदा भारतबाट अपेक्षा गरिएको थिएन । त्यसपछि भारतमा टी–२० क्रिकेटको लहरै चल्यो । सोही क्रेजले भारतमा इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु भयो । जसले टी–२० क्रिकेटलाई अझ उचाइमा पु¥यायो । क्रिकेटको यस छोटो संरचनामा भारतीय टिमले पनि विश्व क्रिकेटमा दबाब बनाउँदै लग्यो तर भारत टी–२० विश्वकपमा दोस्रो पटक च्याम्पियन बन्न सकेको थिएन ।
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ ।
क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज सुरु हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ; जुन एक महिना नभई निको हुने छाँट देखिँदैन । यसपालि आइसिसीले टी–२० विश्वकपमा चार टिम बढाएर २० टिमलाई सहभागी गराएको छ । विश्वका यी २० उत्कृष्ट क्रिकेट टिमबिच सर्वश्रेष्ठ चयन गर्न २९ दिन लगाएर ५५ खेल खेलिने छ । सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ । एक समूहमा पाँच टिम रहने छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर–८ मा पुग्ने छन् । सुपर–८ मा दुई समूह हुने छन् । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् । त्यसपछि असार १५ गते विश्वकप ट्रफी उचाल्ने टिमको निर्णय हुने छ ।
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने विश्वकप टी–२० क्रिकेटमा यसपालि २० टिमको सहभागिता रहेको छ । जसमध्ये नेपाल, आयोजक अमेरिका, क्यानडा, नामिबिया, स्कटल्यान्ड, ओमान, पपुआ न्युगिनी, युगान्डा र नेदरल्यान्ड्स जस्ता एसोसिएट राष्ट्रले पनि टी–२० को सबभन्दा ठुलो मञ्चमा प्रतिस्पर्धा गर्दै छन् । एसोसिएट टिममध्ये पनि नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड र ओमानलाई हेर्नलायक टिमका रूपमा लिइएको छ ।