• १३ साउन २०८१, आइतबार

समालोचक रामकृष्ण शर्मा

blog

आफूमाथि गरिएका जस्तै आक्रमण पनि उहाँ ठन्डा मिजासले दूर गर्नु हुन्थ्यो । गुटबन्दीमा रामकृष्ण शर्माको विश्वास थिएन । सबै मानिसले मनमा लागेका कुरा सत्य भएकै कारणले बोल्न सक्तैनन् । त्यसरी बोल्न व्याग्र मुटु चाहिन्छ । शर्माजीमा त्यो मुटु थियो । कसैको मुख हेरेर उहाँ कालोलाई कालो र सेतोलाई सेतो भन्न सक्नुहुन्थ्यो । मनमा लागेका कुरा फटाफट भनिदिनुहुन्थ्यो कोही रिसाओस् कि खुसाओस् उहाँ पर्वाह गर्नु हुन्नथ्यो ।

नेपाली साहित्यमा सिर्जना र समालोचना विधामा निरन्तर रचनात्मक कार्यलाई अग्रगति दिने बहुमुखी प्रतिभाका धनी थिए रामकृष्ण शर्मा । शर्माको जन्म बर्माको मन्डाले जिल्लाअन्तर्गत मेयामो सहरको गोर्खा पथमा सन् १९२२ मे १५ मा भएको थियो । उनको बाल्यकालको प्रथम प्रहर बर्मामा नै बितेको बुझिन्छ । उनी सात वर्षको छँदा सन् १९२८ देखि उनको परिवार कालेबुङ महकुमाअन्तर्गत इच्छे बस्ती तेह्र माइलमा बसोबास गर्न लागेका जानकारी पाइन्छ ।

उनले वकालती उत्तीर्ण गरेपछि सन् १९४६ देखि सर्वप्रथम दार्जिलिङको न्यायाधीशको अदालतमा वकिलका रूपमा व्यावहारिक जागिरे जीवनको प्रारम्भ गरेका थिए । हुने बिरुवाको चिल्लो पात, रामकृष्ण शर्मा विद्यार्थी कालदेखि नै साहित्यमा रुचि राख्ने किसिमका विद्यार्थी थिए । विद्यार्थीकालमा उनले रचना गरेका पहिलो कविता ‘मेरो जीवन’ शीर्षक रहेको पाइन्छ । यस्तै उनको पहिलो कथा ‘त्यो दिन’ सन् १९४२ मा प्रकाशित भएको थियो भने पहिलो समालोचना ‘अङ्ग्रेजी साहित्यको प्रभाव पनि सन् १९४२ मा नै ‘शारदा’ पत्रिकामा प्रकाशित भएको पाइन्छ । उनले यस लेखको माध्यमद्वारा नेपालो साहित्यका विद्वान् कविद्वय बालकृष्ण सम र लक्ष्मीप्रसाद देकोटाका रचनाहरूमा देखिएका पश्चिमी साहित्यको प्रभावको सोझो विराध गर्दै यसरी अन्य साहित्यबाट प्रभाव स्वरूप भाव एवं विषयवस्तु ग्रहण गरे नेपाली साहित्यमा निजात्मक तìव भाव केही रहँदैन भन्ने विषयमाथि सचेत गराएका थिए । यसपछि उनले कविता, समालोचना, निबन्ध, प्रबन्ध, कथाजस्ता विषयमा निरन्तर रचनात्मक कार्य गरेर आजीवन नेपाली साहित्यको सेवा गरे । कुनै कृति समालोचना गर्दा ‘उचित ठह¥याएको भन्दा मासाभर बेसी प्रसंशा गर्नु मेरो समालोचनाको धर्म होइन’ भन्ने उनको सिद्धान्त थियो । उनले यसै सिद्धान्तमा रहेर जीवनभर समालोचनाको धर्म वहन गरेको देखिन्छ । उनका सैद्धान्तिक समालोचनात्मक कृतिहरू प्रकाशमा आएपछि समालोचना कस्तो हुनुपर्छ भन्ने एउटा आदर्श नमुना पनि स्थापित भयो ।

रिसाओस् कि खुसाओस् उहाँ पर्वाह गर्नु हुन्नथ्यो भन्ने महानन्द पौड्यालको विचार पाइन्छ भने उनको समालोचकीय क्रियाविधि घोषणाझैँ थियो भन्ने विचार साहित्यकार इन्द्रबहादुर राईको रहेको पाइन्छ ।

नेपाली साहित्यको समालोचनाको क्षेत्रमा समालोचक मोतीराम भट्टले भानुभक्तको जीवनीबाट सुरु गरेको समालोचनाको विकास कार्यलाई सूर्यविक्रम ज्ञवालीले विशुद्ध रूप दिएर अघि बढाएका थिए भने रामकृष्ण शर्माको उदयपछि भने समालोचनाको क्षेत्रमा सक्रियता पनि आयो । यसपछि समालोचना विधाले अठोटका साथ अघि बढ्ने एउटा निर्दिष्ट दिशासितै अवसर पनि पायो । साथै समालोचन अन्य प्रगतिशील साहित्यको अनुकरण साहित्य बन्ने भय छँदै थियो । नेपाली साहित्यलाई यस प्रभावबाट बचाउने नियतले लेखिएको उक्त निबन्ध आक्षेपमूलक छँदाछँदै पनि यथार्थवादी हुनाले आक्षेपमा मुछिएका कविहरूका निम्ति निकै तीतो–पिरो थियो भन्ने महानन्द पौड्याको विचार रहेको छ । नेपाली समालोचनामा पाश्चात्य प्रभावलाई चिनाउने निर्भीक, दोषद्रष्टा र स्पष्टवादी समालोचक रामकृष्ण शर्मा हुन् भन्ने विचार समालोचक नवीन पौड्यालको पनि रहेको पाइन्छ । उनको यो कथन पूर्ववर्ती समालोचकहरूसित मेल खान्छ । ‘रामकृष्ण शर्मा सैद्धान्तिक आधारका समालोचक थिए । कतिपय सिद्धान्तहरूमा प्रसिद्ध पाश्चत्य समालोचकमध्ये मैथ्यु आर्नोल्ड तथा रोमान्टिक समालोचकहरूसँग उनको विचार मिल्दछ भन्ने डा. दयाराम श्रेष्ठको विचार पाइन्छ ।

सन् १९४२ देखि समालोचनाको क्षेत्रमा निरन्तर कलम चलाएर उनीमाथि उठेको वादविवादलाई आत्मारक्षाको साधन बनाएर उनले सिर्जना गरेका साहित्यिक सन्दर्भका रचनाहरू आजको परिपक्ष्यमा महìवपूर्ण र विशिष्टि बन्न पुगेको छ । उनी पेसाले कानुनविद भएका नाताले उनका धार्मिक विषयसम्बन्धी रचना गरिएका लेखहरूमा पनि आस्थाको भावनामा भन्दा धेर तर्कमा आधारित रहेको पाइन्छ । उदाहरण स्वरूप हेरौँ यी परमेश्वरको रूप–लेखको केही हरफहरू–

कोरा पुरुषार्थले नै सबै कुरा हुन्छ, गरिन्छ भन्नु व्यर्थैको फुरफुर मात्र हो । परमेश्वर भन्नु नै सर्वशक्ति सम्पन्न भन्नु हो ।

– परमेश्वर र प्राणमा अविच्छद्य केही छैन ।

–परमेश्वर सम्बन्धमा समय भन्ने कुरो नै प्रयोजन छैन ।

–परमेश्वरको रूप चिनाउन हाम्रो तर्क हाम्रो ज्ञान पङ्गु देखिन्छ । परमेश्वरको सिर्जना त मौलिक वस्तुको सिर्जना हो आदि उनको आध्यात्मिक चिन्तनको प्रसङ्ग उल्लेख गर्न किन आवश्यक छ भने यसबिना उनको साहित्यिक पृष्ठभूमि अधुरो रहन्छ, किन भने उनले साहित्यसँग धेरथोर आध्यात्मिक तथा धार्मिक ग्रन्थहरूबाट उदाहरणहरू निकालेर आफ्नो तर्कलाई पुष्टि गरेका पाइन्छ ।

हेरौँ प्यारो सपनाका यी केही पङ्क्तिहरू नदीमा नुहाउन पसेका नारद सपनाको मोहमा कसरी फस्न प¥यो । उनमा यौन परिवर्तन भयो, नारद नारी बने, कत्रो विवाह भयो, सन्तानोत्पत्ति भए । बुहार्तन गर्नु प¥यो, नानीको थाङ्ना धुनु प¥यो, नदीमा आए, झल्यास्स हुँदा भगवान् उनका लुगा गिरहेका ।’

अतः उनका निबन्धहरूमा आध्यात्मिक चिन्तन–दर्शन पाइन्छ । समालोचक रामकृष्ण शर्माको समालोचना, बोलचालको भाषामा भन्ने हो भने दूधको दूध पानीको पानी गरेर अलग अलग छुट्याउनु हो भन्ने पाइन्छ । उनी मूलतः न्यायविद् भएका नाताले अनि न्यायविद्मा पनि छक्कापञ्जादेखि टाडा बस्न चाहने र कालोलाई सेतो र सेतोलाई कालो भन्न पटक्कै नचाहने स्वभाव र गुणका धनी भएका हुनाले उनको समलाचनामा कृतिकारको कमजोरी सोझै देखाइदिने प्रवृत्तिनिहित रहेको पाइन्छ । उनले ‘सप्त शारदीय’मा स्पष्टसँग भनेका छन्, कैयौँ पटक आलोचकले जानी जानी पनि सम्पूर्ण दृष्टिबाट कुनै वस्तुको निरीक्षण नगरी केवल एउटै दृष्टिबाट मात्र गर्छन् याने कि त दोष मात्र देखाउँछन् कि त गुणको प्रशंसा मात्र गर्छन् । (सप्तशारदीय पृ.३) समालोचनासम्बन्धी ‘सप्त शारदीय’मा उनको यस्तो विचार पाइन्छ, ‘साहित्यको स्पष्टा–स्पष्ट, उत्कृष्टता–अनुत्कृष्टतालाई विवेचनाको पूर्वप्रकाशमा ल्याई तिनीहरूको आन्तरिक स्वभावको स्पष्टीकरण गरी विभिन्न दृष्टिबाट कलाको कसीमा तिनीहरूको पारख गरी प्राप्त भएको परिणामको नित्य स्थायी मूल्य निरूपण गर्नु नै साहित्यिक समालोचनाको परिभाषा मान्न सकिन्छ ।’ उनी आफ्नो समालोचनाको सैद्धान्तिक धरातललाई अझ बलियो बनाउँदै यसो भन्छन्, ‘आफ्नो विचार, विवेक र अध्ययनले निर्देश गरेको राजपथबाट विमुख हुनु र आफूले आन्तरिक तवरले नअपनाएको मार्ग अनुसरण गर्नु मलाई अरुचि छ ।’

वस्तुतः रामकृष्ण शर्माले कवि समालोचक, निबन्धकार, कथाकार, सम्पादक आदिका रूपमा कार्य गरी नेपाली साहित्यलाई आजीवन सेवा पु¥याउनुको साथै समालोचनाको क्षेत्रमा नयाँ गोरेटो निर्माण गरिदिए । उनका प्रकाशित कविता र समालोचनात्मक कृतिहरू यस प्रकार छन्ः

१. बलिदान (कविता, सन् १९५३)

२. प्यारो सपना र अन्य लेखहरू (१९६०)

३. सप्त शारदीय (समीक्षात्मक लेखहरू, सन् १९६७) 

४. दस गोर्खा (समीक्षात्मक लेखहरू, सन् १९६६)

५ टेबल गफ नौ बैठक (निबन्धात्मक लेखहरू, सन् १९७१)

६. भावालु मेरो मन (कविता सङ्ग्रह, सन् १९७४)

७. अष्टावक (धार्मिक चिन्तन, १९७८)

८. एक बिसाउनी (निबन्ध सङ्ग्रह, सन् १९८२)

९. सूक्ति सिन्धु र अन्य समालोचना (सन् १९६४)

१०. तथास्तु (विभिन्न लेखहरूको सङ्ग्रह, सन् १९६०)

यीमध्ये खाटी समालोचनात्मक कृतिचाहिँ सप्त शारदीय, टेबल गफ नौ बैठक र दस गोर्खा हुन् तापनि उनका अन्य कृतिहरूमा पनि समालोचनात्मक लेखहरू छैनन् भन्नेचाहिँ होइन ।

कवितामा कस्तो विचार वा भाव सुसज्जित हुन पर्दछ भन्ने विषयमा उनी ‘नेपाली कवितामा उहिले र अहिले अरू साहित्यको प्रभाव’ शीर्षक लेखमा भन्छन्– ‘बुक्स अफ कोटेसनले त झन् अर्काका खँदिला, चाखिला भनाइसित्तै हाम्रा हातमा हालिदिन्छ । ओखर नफोरी गुदी खान पाइन्छ । तसर्थ आजको जमानामा अरू साहित्यको प्रभाव नेपाली साहित्यमा परेका छैन भन्नु तर्कसङ्गत छैन, युक्तिसङ्गत जँच्दैन । अनि तर्क गर्ने पो को छ र नयाँ अनुच्छेद विचार जस्तो जियाले जिनिस संसारमा केही छैन । विचार खँदिलो र गहिरो भए त्यो मारेर मर्दैन ।’ उनी अझ भन्छन्– ‘हिरण्यकशिपु मर्छ, धार्मिक विचार मर्दैन । यसु मारिए तर धार्मिक विचार मरेन । सुकरातले गरल पान गरे तर तिनका विचारको अन्मूलन भएन आदि आदि । अत उनको विचारमा कवि कलाकार हो र उसको कलाकारिताको सौन्दर्यको मुहान आफूभित्र छ बाहिर छैन र कवि कलाकारले त्यही आफूभित्र भएको सौन्दर्यको हामीलाई दिग्दर्शन गराउँछन् ।’ (कवि, रामकृष्ण शर्मा) र बाहिरी वस्तुको चित्रण त फोटोग्राफले गर्दछ भन्ने विचार ‘कवि’ शीर्षक लेखमा पाइन्छ । उनी अझ भन्छन्, मेरा आदर्श कवि मबाहिर छैनन्, मभित्र छन् र उनैमा रदृ छु । मेरा कवि वाहच प्रदर्शित प्रकृतिको वर्णनभन्दा प्रकृतिद्वारा निर्माण हुनुपर्ने सौन्दर्यको वर्णन गर्दछन् । उनी भन्छन् कविले आफ्नै काल्पनिक जगत ् सृष्टि गरेर त्यसमा सौन्दर्यको बुट्टा भर्छन् । मेरा कवि सर्वश्रेष्ठ सौन्दर्यविद् हुन् ।’ यसरी उनले कवि र कविताको सम्बन्धको विश्लेषण गरेका छन् ।

‘कविको धन’मा उनी भन्छन्, कविको धन भाव हो भने भाषाको धन शैली हो । साधारण विषयलाई पनि विशिष्ट शैलीमा रचना गरिएको छ भने त्यो काव्य रचना कालजयी भएर रहन्छ । साथै विषय गहन छ तर रचना शैली कमजोर भए त्यो काव्य रचना शिथिल भएर जान्छ र उक्त रचनाले अस्तित्व नै हराउँछ भन्ने विचार पाइन्छ । वस्तुत रामकृष्ण शर्माका प्रत्येक समालोचनात्मक लेखहरूनै आज सिद्धान्त बनेका छन् ।

‘समालोचना’ शीर्षक लेखमा उनी भन्छन्, ‘समालोचना शब्दको अर्थ कनै वस्तुको दोष र गुणको तुल्य विचार गर्नु भन्ने निर्णय हुन्छ । बोलीचालीको भाषामा भने ‘समालोचना शब्दको अर्थ दूधको दूध पानीको पानी छुटयाउनु हो । भनेर उनले धेरै ठाउँमा दोहो¥याएका पनि छन् ।

उनले समालोचना के हो भन्ने जिज्ञासाको उत्तर एक ठाउँ यसरी दिएका छन्– समालोचना नै साहित्यको ध्येय हो र आर्नोल्डले असल कवितालाई जीवनको समालोचना मानेको विषयलाई सहमति जनाउँदै अझ अघि बढेर भन्छन्, समालोचना साहित्यको प्रमुख ध्येय मात्र होइन सम्पूर्ण साहित्य नै समालोचना हो, जीवनको अनुभूतिको समालोचना हो ।

उनका अन्य समालोचनात्मक रचनाहरूमा ‘मूर्तिपूजा’, ‘गोर्खाली’, ‘गजाधर सोतीको घरबूढीको पक्षमा’, ‘सगरमाथमा तेन्जिङ’, ‘पगरीको कम मेरो नजरमा’, ‘दार्जिलिङको आदिवासीको खोजीमा, ‘टाक्सिएको नेपाली कविता’, ‘रावणको वक्तव्य’ आदि लेख रचनाहरू बहुचर्चित र तर्कशक्तिमा अकाट्य बेजाड नमुनाका लेखहरू मानिन्छन् । यी उपर्युक्त शीर्षकधारी लेख रचनाहरूमा समालोचक रामकृष्ण शर्माको स्पष्टवादी, समान गुण–दोष तुल्य निर्णायक तार्किक विवरण पाइन्छ । ‘गजाधर सोतीका घरबूढीको पक्षमा’ र ‘पगरीको कुम मेरो नजरमा’ जस्ता समालोचनात्मक लेखहरूमा उनले गरेका गुण–दोषको समान व्याख्या अनि वैज्ञानिक तर्क शक्तिको सामुन्ने समस्त नेपाली साहित्य जगत् नतमस्तक छ । उनका कतिपय विचार शीर्षक लेखलाई हामीले अध्ययन गरेर राम्ररी मनन ग¥यौँ भने कहाँ के भएको थिएछ र किन भएको रहेछ भन्ने विषयलाई स्पष्टसित विश्लेषण गरेको पाइन्छ ।

रामकृष्ण शर्मामा व्यङ्ग्यकारकार समालोचनात्मक प्रवृत्ति पनि पाइन्छ– प्यारो सपना र अन्य लेखहरू– सङ्ग्रहमा कतिपय लेखहरू नै व्यङ्ग्यात्मक छन्, व्यङ्ग्य प्रधान लेखको दृष्टिकोणले ‘रामायण काण्ड’, ‘फुटबल खेलेको हेर्न जाँदा’, ‘धामीको पक्षमा’ र ‘प्रौढाको प्रश्न’ विशेष उल्लेखनीय छन् । ‘रामायण काण्ड’ यस पुस्तकको उल्लेखनीय लेखको रूपमा लिन सकिन्छ, किन भने हाम्रो समाजमा स्वकथित र टपर्टुइयाँ विद्वान्हरू कतिपय छन्, जसको प्रतिनिधित्व गराउँदै रामकृष्ण शर्मा लेख्छन्, ‘हँ, हँ, भाइ । त्यही याद राख्न सक्नुमा त जयन्तीको सेक्रेटेरी हुन पाइन्छ । मलाई अझै पनि याद होला । त्यतिखेर बोलेर उनले देब्रे हात चिउँडोमा लगाएर घोरिए । अनि दाहिने हातका औँला गनेर हे भाई अझ याद छ जन्मकाण्ड, बालकाण्ड, जङ्गल काण्ड, किस्किन्दाकाण्ड, बन्दर काण्ड र युद्ध काण्ड । हाँस त उठ्यो तर हास्नु भएन र मैले सोधेँ– यो काण्ड कसरी छुट्याइएको होला ? यस्तै ‘फुटबल खेलेको हेर्न जाँदा’, लेखमा संस्मरणकार भन्छन्– मैले सम्झे रङको एक्का त मसँग छ केको फिक्री । निर्धक्क बोलेँ मसँग टिकस छ खै म जौ ।’ टिकस भए पनि फेरि किन्नुपर्छ,’ निम्मीले हमला सुरु गरिन्, दुईपट्टि किन्नु ? अचम्म मानेर मैले सोधेँ । मेरो बाख्रा चलाइले बाघ नथुनिने देखियो । नगिर्सले प्वाइन्ट ब्ल्याङ फायर गरिन्, तपाईंजस्तो ज्ञानी मानिसले नकिने कसले किन्छ ? म अवाक भएँ । यस्तै ‘दस गोर्खा’मा सङ्कलित ‘गजाधर सोतीको घरबूढीको पक्षमा उनको बहुचर्चित र तर्कप्रधान समीक्षात्मक एवं व्यङ्ग्यात्मक लेख रहेको पाइन्छ ।

‘तìवाभिनिवेशी समर्थ र निष्पक्ष समालोचक हो । यसमा निर्माणपरक र प्रेरणदायक गुणग्राही कला हुन्छ । यो जिज्ञासा, अध्ययनशील, दूधको दूध, पानीको पानी छुट्याउने सीप भएको समालोचक हो । कृतिको आधारमा गुण–दोषको तìवाभिनिवेशीको वैशिष्ट्य हो र रामकृष्ण शर्मा यसै श्रेणीका समालोचक हुन्’ भन्ने डा. डिल्लीराम तिमसिनाको विचार पाइन्छ । वस्तुतः विभिन्न विद्वान्हरूले रामकृष्ण शर्मालाई आधुनिक समालोचक मानेका छन् । रामकृष्ण शर्माले कुनै कृतिलाई अध्ययन गरेपछि काव्यको सैद्धान्तिक तìवका आधारमा लालित्य सौन्दर्य र माधुर्य जस्ता गुणका परख गर्नका साथै भावको गहनता तथा शिल्प– शैलीका आधारमा कविहरूका श्रेणी छुट्याइदिने सक्ने स्पष्ट स्वभावका हुनाले उनलाई कतिपय सर्जकहरूले प्रखर समालोचक मानेका पाइन्छन् । आज उनी हामी माझ छैनन्, उनले रचना गरेका प्रत्येक कृतिहरूका पङ्क्तिहरू नै साहित्यका सिद्धान्त बनेर रहेका छन् । उनको यस जन्म शतवार्षिकको अवसरमा शत शत नमन ।

रामकृष्ण शर्माको सन् १९४१–१९८६ सम्म चार दशकभन्दा धेरै समयसम्म नेपाली साहित्यिको सेवा गरे अवकाशपछि पनि अझै गरिरहेकै थिए तर नियतिलाई कसले रोक्ने ! आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो ।

रामकृष्ण शर्माको बलिदान (१९५३) काव्य प्रकाशित भएको पाइन्छ । उक्त बलिदान काव्यको रचना सन् १९४१ मा नै रचना भएको थियो र यस काललाई कवि रामकृष्ण शर्माको काव्य रचना काल मान्न सकिन्छ । यस समय कवि शर्माको तरुण वयकाल थियो त्यसैले यस समय उनीद्वारा स्वच्छन्दवादी विरही भावधाराका झ्याउरे लयका कविताहरू रचना हुन गए । युवा कवि शर्मा प्रेमिकाको विछोडपछिको विरही राप आलाप्न पुग्दछन् लयात्मक भाकामा ।

भन्दछन् कवि–

प्रेमको परख आफ्नै गर गरेर परीक्षा

प्रीतिको जाँच जान्दछ्यौ गर्न चाहिन्न क्यै दीक्षा

हृदय सदन, गरिलेऊ परीक्षा ( बलिदान काव्य )

वस्तुतः ‘बलिदान’ बिछोडको वेदनामय काव्य हो । यस काव्यमा कवि हृदय अत्यन्त व्यथित छ । संरचनाको दृष्टिले हेर्दा यस काव्यमा तीन तीन हरफका एक सय पचहत्तर पद्य समावेश छन् । यस काव्यमा आफ्नो प्रियजनमा पनि विशेषगरी प्रेयसी वियोगको पीडाले युवा हृदयमा जुन आघात पर्दछ त्यही पीडाको अभिव्यक्ति खुबै सरल सरस भाषामा भएको छ ।

‘बलिदान’ काव्य रचना कालको समयमा कवि शर्माले धेरै फुटकर कविताहरू विभिन्न विषय अँगालेर रचना गरेका पाइन्छन् । जुन विभिन्न पत्र पत्रिका ‘शारदा’, ‘नेपाली’, आदिमा प्रकाशित भएका थिए र यीनै कविताहरू पछि ‘भावालु मेरो मन’ (सन् १९७४) कविता सङ्ग्रहमा सङ्कलन भएका छन् । रामकृष्ण शर्माको कविता लेखनको क्षेत्र पनि उर्वर र फस्टाएको छ भन्ने विभिन्न विद्वान्हरूको मत रहेको पाइन्छ । भावालु मन सङ्ग्रहका सत्ताइसवटा कवितामध्ये दार्जिलिङ, गिरीको स्मृतिमा, मेरा इष्ट कविप्रति, प्रगति, डम्बरसिंह गुरुङप्रति र हिजो आज जस्ता कविताहरू उल्लेखनीय रहेका छन् । यद्यपि कालान्तरमा पुगेर उनको काव्यभूमिलाई समालोचनाको विशाल वटवृक्षले सेपिलो बनाइदियो । उनी निरन्तर समालोचनाको भूमिमा खिप्ती गर्न लागे ।

सन् १९४२ मा शारदा पत्रिकामा ‘अङ्ग्रेजी साहित्यको प्रभाव शीर्षक समालोचनात्मक लेख प्रकाशित गरेर समालोचनाको जगतमा निष्पक्ष र न्यायप्रिय समालोचकको भूमिका निर्वाह गर्दै त्यसैको आधारभूमि तयार गरेर रामकृष्ण शर्माले न्यायिक समानताको दुन्दुभि बजाएर दूधको दूध, पानीको पानी जस्तो न्यायिक समालोचना लेखनको ध्वजा उत्तोलन गरे । उनको यस समालोचनात्मक रचनाले साहित्य जगत्मा एउटा हलचल ल्यायो । उनले साहित्यकारहरूलाई यसरी पश्चिमी साहित्यबाट सोझै भाव शैली अनि विषयवस्तु ग्रहण गर्न थाले नेपाली साहित्यमा आफ्नो जातिको निजत्व गुण केही पनि रहँदैन भन्ने उनको आशय थियो र तत्कालीन साहित्य सिर्जनामा लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समद्वारा आधुनिक काव्य सिर्जनाको शृङ्खलामा यसरी सोझै अङ्ग्रेजी साहित्यबाट भाव र विषयवस्तु ग्रहण गरेर नक्कली साहित्य सिर्जना गर्नु उचित होइन भनेर त्यस कार्यमाथि लगाम लगाउन खोज्नु आँटिलो विषय थियो । यस कार्यको श्रेय रामकृष्ण शर्माले पाएका छन् ।

समालोचक शर्माले धरणीधर शर्माका कविताहरूमा नीतिका भारी मात्र बोकाइएका छन् भन्ने विचार व्यक्त गर्दै यद्यपि उनका कविताहरूमा दार्जिलिङको भौगोलिक स्थितिको चित्रण वा स्थानीय रङको चित्रण वर्णन अनि यहाँको माटोको सुगन्ध अनि जातीय इतिहास आदि पाइँदैन भन्ने विश्लषण गरेका छन् । यसै सन्दर्भमा उनको तुलनामा रूपनारायण सिंहका उपन्यास र कथाहरूमा भने दार्जिलिङको भौगोलिक, सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक जस्ता विषयका विशद् चित्रण वर्णन हुन सकेको छ तर उनका रचनामा दर्शनको छनकसम्म पनि पाइँदैन भन्ने समदृष्टिपूर्ण समालोचनात्मक विचार व्यक्त गरेको पाइन्छ । अतः रूपनारायण सिंह रामकृष्ण शर्माका कानुनी गुरु रहे पनि शर्मामा कसैको मुख नहेरीकन गुण र दोष छर्लङ्ग रूपमा औँल्याइ दिने विलक्षण प्रतिभा थियो, जोसुकैले त्यस्तो आँटै गर्दैनन् ।

यस्तै भीमनिधि तिवारीका नाटकका पात्र पात्राहरूका कुनै मानसिक पृष्ठभूमिको परिवर्तनबिना नै पात्र चरित्रमा आकस्मिक परिवर्तन ल्याइएको कारणले उनको नाट्य शिल्पमा त्रुटि देखापरेका विषयलाई उल्लेख गरेका छन् । उनका बहुचर्चित समालोचनाहरूमा ‘गजाधर सोतीकी घरबूढीका पक्षमा’, ‘पगरीको क्रम मेरो नजरमा’, ‘टाक्सिएको नेपाली कविता’ आदि उल्लेखनीय छन् ।

रामकृष्ण शर्माले निबन्धको क्षेत्रमा पनि उत्तिक्कै योगदान दिएका छन् । उनले रचना गरेका निबन्ध सङ्ग्रहहरू, प्यारो सपना र अन्य लेखहरू (सन् १९६०), ‘टेबल गफ नौ बैठक’ ( सन् १९७१), ‘एक बिसाउनी’ (सन् १९८२), ‘तथास्तु’ (सन् १९६० ) आदि उल्लेखनीय छन् ।

मूलतः रामकृष्ण शर्मा मन, वचन र कर्मले साँचो गोर्खा थिए । उनले डम्बरसिंह गुरुङको नेतृत्वमा रहेको गोर्खाली राजनीतिक संस्थाको मुखपत्र, ‘गोर्खा’ पत्रिकाको पनि सम्पादन गरेका थिए र यस पत्रिकामा राजनीतिक समाचारहरू मात्र प्रकाशित नभएर उनको प्रयासमा साहित्यिक, लेख रचनाहरू पनि प्रकाशित हुने गर्दथ्यो । 

गोर्खा पत्रिकाको माध्यमद्वारा नै अच्छा राई रसिक, अगमसिंह गिरी, वीरविक्रम गुरुङ, रूपनारायण दाहाल आदि साहित्यकारहरूलाई यसै पत्रिकाले नेपाली साहित्यमा प्रकाशमा ल्याएको थियो ।