• १३ साउन २०८१, आइतबार

तरुल बनेको दुःस्वप्न

blog

एउटा बहुतै गुह्य कुरा उसले सोचेको छ । छ वा छैन त्यो बाहिरबाट हेर्दा देख्न सकिन्नथ्यो तर ऊ स्वयं मान्थ्यो एउटा छ– केही गुह्य जुन सहजै प्रकट हुन मानिरहेको छैन । प्रकट हुन नमान्ने भएपछि उसले भित्रभित्रै त्यसलाई अनुभूत गथ्र्यो । बडो गहकिलो लाग्थ्यो तर खुट्याएर प्रकटीकरण गर्न ऊ असमर्थ थियो र त्यही असमर्थतालाई ऊ मनले छामेर सन्तुष्ट हुन्थ्यो । एउटा गुह्य कुरो छ त्यो कसैलाई प्रकट गरिएको छैन । प्रकट गरिहालेको भए पनि केही हुनेवाला थिएन । कस्ताकस्ता नेतामहात्मा त थन्केर बसेका छन्, मनमा गहकिला कुरा लुकाएर । कुरो जे थियो सो थियो तर उसले प्रकट नगरेपछि छरछिमेक वा उसकी श्रीमतीले समेत थाहा पाउने कुरो भएन । छोराछोरीले त झन् टाढैको कुरो । 

उसले सोच्यो, सोचेको कुरो पनि उसले भनेन कसैलाई तर उसले सोच्यो, यो अप्रकट गरिएको गुह्य कुरो के उसैसँग जाने भो । जाने भो ? मतलब ? व्यक्तिले कमाएको श्रीसम्पत्ति निधनपछि छातीमा हालेर लाँदैन । त्यो हो । तर त्यस्तै नभएर उसको मनको कुरो जुन अप्रकट छ र गुह्य छ त्यो के ऊसँगै माथितिर जाने भो ? यसमा उसलाई विश्वास थिएन अर्थात् त्यस्तो विश्वास गर्नु भनेको मानिसले पुनर्जन्म लिन्छ भन्ने मान्यताप्रति आपत्ति जनाउनु हुन्थ्यो तर ऊ यसमा पनि धरमर थियो । पुनर्जन्मप्रति । 

मानिसको पुनर्जन्म हुन्छ वा हुँदैन ? उसले मान्ने धर्ममा त मानिसको योनी विभिन्न किसिमले चौरासी लाखको हुन्छ । त्यतिवटा जुनि पारे गरेपछि श्रेष्ठ मनुष्य जीवन पाइन्छ भन्ने थियो । चौरासी लाख जुनिमा केके पर्थे, त्यो उसले भन्न सक्दैनथ्यो । गणना गरिनु सारै सकसको काम हुन्थ्यो, असम्भव जस्तै । कारण अर्को यो पनि थियो, धेरै जीवहरू जसमा मानिसले पुनर्जन्म लिने सम्भावना थियो ती पृथ्वीबाट विलुप्त भइसकेका थिए । त्यसरी मानिसले लिनुपर्ने जुनी पनि घटेको मान्न सकिन्थ्यो । जस्तै डायनोसर । अब मानिस डायनोसरको जुनी लिन नसक्ने भएको थियो । यो सिद्ध थियो । सहरबजार र गाउँमा बढी सङ्ख्यामा थिए त भुस्याहा कुकुर । तिनको पनि बन्ध्याकरण गरिँदै थियो । उसै पनि मानिस कुकुरको जुनिमा जन्म लिन रुचि राख्न सक्दैन– कुकुर स्वामिभक्त भए पनि मानिसमा ऊप्रति अत्यन्त हेय भावना थियो । गाली गर्दैमा भन्न सक्थ्यो– कुकुर बजिया ! 

आज उसलाई अलि बिसन्चो जस्तो थियो । अपच जस्तो केही । डकार आइरहेको थिएन । पेट ढुस्स थियो । छाम्दा फुलेजस्तो पनि पायो । डाक्टरले ग्यास्ट्रिक भएमा खान दिएको चक्की निल्न अल्छी ग¥यो । बिरामी भएर बस्नु उसले एक किसिमको आनन्द मान्थ्यो । राति उसले खाना धेरै खाएको पनि होइन । बिसन्चो हुनु भनेको कमजोर हुनु पनि थियो । मानसिक कमजोरीमा शारीरिक कमजोरी जोडिन आएकाले बेसै थियो । ऊ धेरै दिन भयो, यही सोचिरहन्थ्यो, मनको भित्र गुह्य कुरो कसैलाई भन्न सकेन, आज कमजोर फिल गरे पनि । पेट फुल्दाफुल्दै कतै अस्पताल भर्ना हुनुपर्ने पो हो कि ? अस्पताल लाँदालाँदै वा अस्पताल पुगेपछि डाक्टरले जाँच्दा अहिले थियो, अहिले छैन यस्तो हुन पनि सम्भव छ । उपचारकै क्रममा निधन भयो । पेटको कुरो पेटैमा जाने भयो । 

उसले डकार्न सकिरहेको छैन । अपच कुरो उसले खाएको थियो वा थिएन त्यो भन्न सकेन । सधैँ खाइरहने अन्न पनि एकाएक कसरी अपच हुन सक्छ, कसरी विष हुन सक्छ ? त्यो भइरहेको छ । उसले कमेजमाथिबाट पेट छामेर सोच्यो । संसारमा अपच हुने कुरा वा वस्तु धेरै छन् । तिनको उसले फेहरिस्त बनाउन सक्थ्यो तर त्यो अप्रासङ्गिक ठहरिने विषय भयो । 

बाहिरको संसारमा एउटा अपाच्य प्रचलन यो थियो– आपूmले नगरेको कुरो पनि गरेँ, सफल र सम्पन्न गरेँ अनि अलि बढेर भन्दा त्यो परम्पराको सुरुवातै मैले गरेको हो भन्न नचुक्ने मानिस पनि छन् । यो झन् अपाच्य हुन्छ । तर मुखै हो । जति बोले पनि कसैले त्यसप्रति विमति जनाइहाल्ने गर्दैन । माथिबाट अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति पनि थियो संविधानमा । उसले विमति नजनाउनुमा खास कारण यो पनि थियो, नेता नभएको व्यक्तिले त्यस्तो बोल्दैमा केही हुने होइन । बढी खोक्छ भन्न सकिन्थ्यो । तर नेताहरू मात्रै बढी यस्तो हाँक्थे । केही जननेताहरू । यस्तो उपाधि पनि दिने गरिन्छ– जननेता ! ‘यस्तो उपाधि पनि’ भन्नाले जुन जननेतालाई खोक्छ भनेर तिरष्कार गरिन्छ त्यो नेताले आजीवन जनताप्रति उपेक्षा गरेर स्वार्थ सिद्ध गरेको भए पनि त्यस्ता अपाच्य कुराबाट आँखा चिम्लिने कार्यकर्ता वा सहायकहरूलाई यो असह्य हुन सक्थ्यो । अझ समस्या हुन सक्थ्यो– रातिराति फोनमा ज्यान लिने धम्की आएका आयै । 

यता भने यो निकै उर्वर भएको थियो– उसको मनको गुह्य र गूढ कुरोे । तर हाल ऊ एउटा अचेटाइमा थियो । डर पनि थियो, पेट यसरी फुलेको फुल्यै गर्ने हो कि ? तर डर एउटा विचार एउटा भावना हो, असङ्गत भए पनि । अहिलेसम्म मानिसको विचार एक्सरे गरेर हेर्न सकिएको छैन तसर्थ उसले यो बिहान हातमा चियाको कप लिएर जे सोचे पनि भो । एउटा कुराबाट ऊ पन्छिराखेको हुन्थ्यो– छिमेकीलाई सोध्न– ‘यो सब कसरी कमाउनुभो ?’ यो प्रश्न पनि उसमा गुह्य किसिमले सैतानको गर्भजस्तो पालिइरहेको थियो– भित्रभित्रै कोपर्दै, बोकट्दै । छिमेकी सम्पन्न थियो । सम्पन्न हुनाले मात्र बेइमानीको कुरो उठ्दैनथ्यो । तर तिनलाई व्यङ्ग्यमा ठूला माछा भनिन्थ्यो । ऊ आपूmलाई इमानदार मान्थ्यो । इमानदारिताको प्रतिमूर्ति । इमानदारिताको पक्षपोषण गरेर केही हासिल गर्न सकिन्नथ्यो, उसको अकाट्य अनुभव त्यही थियो । ऊभन्दा पछि आएर ऊभन्दा कता हो कता भव्य बिल्डिङ ठड्याएको थियो छेवैमा छिमेकीले । ऊ हेरेको हे¥यै भयो । हेरको हे¥यै माने टाउकाको टोपी खस्ने गरी हेर्नुपर्ने अग्ला बिल्डिङ ! एक दुई पटक उसले प्रयास गरेको पनि हो घरजग्गा बेचेर अन्यत्र सर्ने । पीपलको छहारीमुनि फस्टाउन सकिन्न भनेर तर एउटा भनाइले बाटो छेक्यो– माटोको माया !

माटो त थियो तर माया ? माया थिएन । माया माने पैसो । र त उसले पुरानै घरमा बसिराख्नु परेको छ । ऊ घर बेच्न चाहन्थ्यो । घर र घर बनेको जग्गासमेत । घर बनाउन सकेन, बनेको घर कच्ची किसिमको थियो । उसलाई मायाको माटोले बाटो छेक्थ्यो । माथिबाट पारिवारिक दबाब भए पनि बेच्न मानिरहेको थिएन । समयमा उसले पनि नैतिकता र इमान त्यागेको भए ? यो अवस्था आउने थिएन । इमान्दारीताको नमुना बन्न चाह्यो । इमान्दारीताको नसा यस्तो थियो, उसलाई लाग्थ्यो सन्तति सन्ततिसम्म उसको इमानको गाथा गाइरने छ । घरघरमा नभए पाठ्यपुस्तकमा उसको इमान्दारीताको कथा लेखिनेछ । तर त्यस्तो केही हुनेवाला उसले देखेन । इमानदारिताको मौकै थिएन । ऊसँग प्रभावशाली पद पनि थिएन र मालदार अड्डामा उसले जागिर खाएको पनि थिएन । अंशबन्डामा यति जग्गा परेको थियो यसैमा उसले जसोतसो घर ठड्याएर बसेको हो । उसले आफ्नो अवमूल्यन गर्न चाहेन– भ्रष्टाचार गर्ने मौका नपाएकाले गरिएन भनेर । केही हलचल त अवश्य भइरहन्थ्यो उसभित्र, भ्रष्टाचार गरूँगरूँ भन्ने । मुलुकको प्रधान संस्कृति नै यही हो । अहिले छिमेकीले अपार कमाएको देख्दा ऊ पछुतोमा त थियो तर इमानदारी पनि केही हो भनेर सन्तोष पनि लिन्थ्यो । इमानदारिता केही हो भने पनि के हो भन्ने उसले चिह्नित गर्न सकेको छैन । समयले उसलाई साथ दिएन । ऊ छिमेकीप्रति आक्रोश राख्दैनथ्यो । यो पनि भ्रष्टाचार गर्न नसकेजस्तै थियो । छिमेकीलाई कुनै कुरामा पनि ऊ चुनौती दिन सक्दैनथ्यो । टाढैबाट विनम्रतापूर्वक नमस्कार गर्न ऊ विवश थियो । सन्तान उसबाट मुर्मुरिन्थे– बूढोले घरजग्गा बेच्न मानिरहेको छैन । 

छिमेकीप्रति एउटै मात्र तुस उसको मनमा थियो । छिमेकी सम्पन्न थियो । यसमा उसको असन्तुष्टि वा ईष्र्या थिएन । तर तुस कायम थियो । गुह्यता यही थियो ऊ त्यो तुस कतै पनि प्रकट गर्दैनथ्यो । खुबी हो । तर असन्तुष्टि वा ईष्र्या थियो वा थिएन उसले आफ्नो मनोविश्लेषण गरेर परिणाम हेरेन । छिमेकीका अगाडि ऊ नतमस्तक थियो । भएको यो थियो, एक दिन सम्पन्न छिमेकीको छोरोले उसमाथि झन्डै कार उकालेको थिएन । कुल्चिन त कारको अगिल्लो पाङ्ग्राले उसलाई कुल्चेको हो । अगिल्लो पाङ्ग्रा भनेर छिमेकी स्वयंले यस कारण बारम्बार जोड दिइरहेको थियो– ‘अगिल्ला पाङ्ग्राले धेरै चोट पु¥याउँदैन ।’ ऊसँग कार थिएन र यस जन्ममा त्यो सम्भव पनि थिएन । अगाडिका पाङ्ग्राले धेरै चोट पु¥याउँदैन भने पनि उसको खुट्टाको नली हाड भाँचिदिएको चाहिँ हो । 

‘यो त केही होइन,’ सम्पन्न छिमेकीले उसलाई आश्वस्त पार्दै भनेको थियो, ‘ज्यानै जान सक्थ्यो ।’ ज्यानको अवमूल्य भएको भनाइ थियो यो । यसमा पनि ऊ चिच्च्याएर रिस प्रकट गर्न सक्दैनथ्यो । छिमेकीको छोरोले उसलाई तुरुन्त कारको पछिल्लो सिटमा सुताएर अस्पताल लगेको थियो । त्यो एउटा गुन लाएको काम भइदियो । महँगो अस्पताल । ‘अङ्कल डराउनु पर्दैन । हुने कुरो भइछाड्छ ।’ सम्पन्न छिमेकीको छोरोले यसरी भन्यो मानौँ कार उसले होइन उसको हातबाट स्टेरिङ खोसेर भावी स्वयंले चलाइरहेको थियो । यो निर्ममता उसैको हो । माने भावीको ।    

‘ऐøया !’ उसले यत्ति मात्र भन्यो अर्थात् आफ्नो विवशता प्रकट गर्न त्यसो ग¥यो । सम्पन्न छिमेकीको छोरोले उसलाई मुसुक्क हाँस्दै भन्यो– ‘अङ्कल सुरुमा त यसरी नै धेरै दुख्छ ।’ उसलाई सोध्न मन लागिरहेको थियो– ‘के तिमी यसरी नै मान्छेलाई कारले कुल्चँदै हिँड्छौँ ? अहिलेसम्म कति जना भए ? कोही मरे पनि कि ?’ मरेकाहरूलाई उसले रातारात खोलोमा लगेर फालेको थियो होला । उसलाई यो लाग्थ्यो– फोहोरले ढाकिएको खोलोमा मान्छेको लास कुहिउन्जेल त्यस्तै कुनै प्लास्टिक थैलो फुलेको हो भन्ने भएर बस्न सक्छ । यो पनि एक किसिमले उनीहरूको सम्पन्नतामाथि गिल्ला गरेको ठहरिने थियो । उसले मनमा त्यो भावलाई मिचेर खुम्च्यायो । बोलेन । यति मात्र भन्यो– ‘ठीकै छ ।’ डरले उसलाई त्यति बोल्न विवश पारेको थियो । 

ऊ छिमेकीलाई तथानाम भन्न सक्ने अवस्थाबाट यता ल्याइसकिएको थियो । उसको हातमा अस्पतालमै सम्पन्न छिमेकी स्वयं आएर पचास हजार नगद र अस्पतालमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने बाचा गरेर गइसकेको थियो । पछि बुझ्दा यस्तो भेटियो, अस्पतालको आधा मालिक त त्यही सम्पन्न छिमेकी हरेछ । उसको छोरोले जति मान्छे किचे पनि भो । यही अस्पतालमा भर्ना गर्नु थियो । अस्पतालको नाम पनि चल्ने र थोरै रकम तिरेर उम्कन पनि सकिने । राम्रो उपचार पाएपछि र केही नगद हात परेपछि तैँ चुप मै चुप हुने रहेछ । पचास हजारभन्दा बढी माग्नुपर्ने थियो कि ? उसले आफ्नो क्षतिको मूल्याङ्कन गरिहे¥यो । पचास हजार स्वीकार गरेजस्तो मौन उसले देखाएको थियो । उतिबेलै पचास हजार नलिएर प्रतिवाद गरेको भए हुने । उसमाथि छिमेकी, सम्पन्न पनि, प्रभावशाली पनि, पहुँचवाला । 

छिमेकी सम्पन्न र विशाल र भव्य भवनको स्वामी पनि थियो । यस्तो भइदियो, उसको मानसिकतामा दुई विशाल ढुङ्गाबीचको तरुल जस्तो विवशता आइदियो । उसको मुलुकले पनि दुई विशाल छिमेकीको मिलेमतो भइदियो भने आफ्नो केही नलाग्ने विवशता भोगिरहेको थियो । हर्जानाको पचास हजार रकम पर्याप्त त थिएन तर छिमेकी भनेर चुप लाग्नु प¥यो । छिमेकी बदल्न सकिन्न भन्ने कथनले पनि विवश पा¥यो । सहनै प¥यो । अरू बदल्न सके पनि छिमेकी बदल्न सकिन्न भने मुुलुकका नेताहरू विवशता प्रकट गर्थे । उसले पनि त्यही सोच्यो र चुप लाग्यो । ऊ बसेको मेचको छेउमा बैसाखी खडा थियो । बैसाखी टेकेर ऊ यता र उता गथ्र्यो । हिँडिराख्नु पर्छ भन्ने चिकित्सकको निर्देशन थियो । बाहिर निस्केमा फेरि कारले कुल्चने हो कि भन्ने भय उसको मनबाट हराएको थिएन । 

घरमा एउटा फतफत थियो– ‘पचास हजारको खुट्टा ! त्यत्तिले त अचेल त कुरुवाका लागि चाहिने खसीको खुट्टी पनि आउँदैन ।’ सिङ्गै खसी किन्दा अलि सस्तो पर्न सक्थ्यो तर पचास हजारले दुईवटा राम्रा खसी आउन सक्दैन, यो उसलाई थाहा थियो । मासुको महँगीलाई लिएर रुनु उचित थिएन । सम्पन्न छिमेकी हाँस्न सक्थ्यो । रकम अझ अलिकति थपिदेऊ भन्न नसकेर पचास हजारमा दुईवटा खसी पनि आउँदैन भनेर कस्तो कुरा ग-या होला ? उनीहरू हाँस्न सक्थे र अन्त्यमा भन्न सक्थे– ‘ल...ल, भोलि तपाईंका लागि दुई किलो खसीको मासु घरै पठाइदिउँला । खसीको मासु खान मन लाग्या जस्तो छ ।’ 

कुरो यो पनि थियो– छिमेकी असल जस्ता देखिन्थे तर ऊ विवश थियो, छिमेकीलाई दुर्वचन गर्न सक्दैनथ्यो । सम्पन्न छिमेकी  विशाल थियो, किचिने डर थियो । अझ कतिपय पटक त छिमेकीले उसले चाहेमा, ‘चलेको दरभाउभन्दा बढी तिरेर तपार्ईंको घरसहित जग्गा हामी किनिदिन्छौँ, अरूलाई सुटुक्क नबेच्नुहोला,’ भन्ने गरेको थियो । उनीहरू सम्पन्नता अनुसार मिष्टभाषी पनि थिए । डर यति थियो मिष्टभाषी हुँदाहुँदै पनि बेलाबेलामा कारले कुल्चने गर्थे । उनीहरूलाई नभए, बाहिरकालाई जो छिमेकी नै हुन्थे । उसका सानासाना नातिनातिना घरबाहिर निस्केर सडकछेउ खेल्ने गर्थे । ती कारमुनि परेर मर्न सक्थे । उसको छिप्पिएको हाडले त कारको कुल्चाइको प्रतिरोध गर्न सकेन । अगाडिको पाङ्ग्रोले भए पनि । 

राति सुत्ने तर्खरमा उसले गुह्य कुरोप्रति अनेक कोणबाट सोच्यो । सोच्दासोच्दै निदायो तर राति ऊ झसङ्ग भएर जाग्यो किनभने सपनामा विशाल ढुङ्गा उसलाई किच्न आइरहेका थिए । केही गरी ऊ तिनबाट उम्कन चाहन्थ्यो । छटपटीछटपटीमै ऊ निद्राको बाक्लो लेदोबाट बाहिर आयो । उसले आपूmलाई एकछिन चिन्तित पायो । तर धेरैबेर ऊ जागै बस्न सकेन । बिस्तारै निदायो तर सपनामा विशाल ढुङ्गा ऊतिरै गुडिरहेका थिऐ । वास्तवमा निद्रा यस्तो गाढा थियो जसमा ऊ एउटा तरुल भएको सपना देख्न बाध्य हुन्थ्यो । एकातिर परिवार अर्कातिर ठूलाठूला बिल्डिङका मालिक  जो उसको जग्गा र घर ताकिरहेका थिए, थिए । ऊ उसरी चेपुवामा परेको थियो तर उखेलिन मानिरहेको थिएन ।