• ८ मंसिर २०८१, शनिबार

राफिन्हाको गोलमा बार्सिलोना विजयी

blog

बिल्बाओविरुद्ध गोल गरेपछि बार्सिलोनाका राफिन्हा । तस्बिर : एएफपी

काठमाडौं, फागुन २९ गते । शीर्षटोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई उसैको मैदानमा १-० गोलले हरायो ।

बार्सिलोनाको जितमा राफिन्हाले गोल गर्नुभयो । राफिन्हाले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल टोलीको जितमा निर्णायक बनेको थियो । 

बिल्बाओका इनाकी विलियमले ८७औं मिनेटमा गोल गरेपछि गोलअघि फल गरेका कारण मान्यता पाएन । जितसँगै बार्सिलोनाले शीर्षस्थानमा नौ अङ्कको अग्रता बनाएको छ ।

बार्सिलोनाको २५ खेलबाट ६५ अङ्क छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ५६ अङ्क छ । बार्सिलोनासँग पराजित बिल्बाओ ३३ अङ्कसहित नवौं स्थानमा छ । एजेन्सी