• १३ साउन २०८१, आइतबार

कलाकौशल र लेखक कार्यशाला

blog

काठमाडौँ, फागुन २४ गते । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा क्लासिक आर्ट ग्यालरी र क्रिटिक्स कर्नरले मङ्गलबार ‘कलाकौशल र लेखक’ शीर्षकमा फ्रि–कला कार्यशालाले आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित कला कार्यशालामा ललितकला, संस्कृति र सम्पदाको विषयमा कलम चलाउँदै आउनुभएका कला पत्रकार तथा महिला कलाकारको सहभागिता रहेको छ । 

कार्यशालामा सहभागी कला पत्रकार सुशीला तामाङका अनुसार  कला सिर्जना तथा कला पत्रकारिताको विषयमा सहभागीहरूले आफ्ना भावना, अनुभव साटासाट गरेका थिए । उहाँले सामाजिक मुद्दामा कला पत्रकारले आफ्नो भावना क्यानभाषमा  पोख्दा र कलाकारले लेखनको माध्यमबाट सिर्जनाको भावबारे बयान गर्ने अभ्यास गरिरहँदा नितान्त फरक र रमाइलो अनुभूति भएको बताउनुभयो  । कलाकार सरिता डङ्गोलले क्लासिक ग्यालरीलाई कलाकार र कलाप्रेमीबीचको पुलका रूपमा काम गर्ने थलो भएको बताउनुभयो । उहाँले नारी दिवसको सन्दर्भमा विशेष कार्यक्रमको आयोजना गरी सधैँ व्यस्त, हतारमा काम गर्ने कला पत्रकार तथा एकान्तमा निरन्तर कला सिर्जनामा आफूलाई तल्लीन राख्ने महिला कलाकारबीच साक्षात्कार गर्ने अवसर जुराउनुभएको हो ।