काठमाडौं, फागुन २३ गते । चर्च ब्वाइज युनाइटेड क्बलले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा मंगलबार भएको खेलमा चर्च ब्वाइजले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।
चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई र एरिक बिष्टले एक गोल गर्नुभयो । खुमलटारका मेसुके ओलुमोउले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै ६ अंक बनाएको् चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
यसअघि पहिलो खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई हराएको थियो । मंगलबारनै भएको अर्कोखेलमा थ्रीस्टार र फ्रेण्ड्स क्लबले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।