• १३ असोज २०८१, आइतबार

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत : उपप्रधानमन्त्री लिङ्देन

blog

बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा उपप्रधानमन्त्री लिङ्देन ।

लीलाराज खड्का

बिर्तामोड, फागुन ८ गते । उपप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रपतिमा मत दिने बताउनुभएको छ ।  

आइतबार बिर्तामोडस्थित संवाद समूहमा भएको कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री लिङ्देनले सोबारे स्पष्ट पार्नुभएको हो । 

आफ्नो पार्टी संविधान परिवर्तन गर्न पाउने सुविधाको उपभोग गर्नेगरी अघि बढेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।

उहाँले विद्युत् प्राधिकरणको मालिक अब नेपाली जनता हुने बताउनुहुँदै चाँडै नेपालमै हाइड्रोजन उत्पादन गर्न मिल्ने गरी व्यवस्था हुन लागेको बताउनुभयो ।

केही समयभित्रै स्वदेशमै रासायनिक मल उत्पादन गरेर मलखादको समस्या समाधान गर्ने दिशामा सरकार रहेको उहाँले बताउनुभयो ।