• १३ असोज २०८१, आइतबार

शेयर निष्कासन गरेर विद्युत उत्पादन गर्नेछौँ: उपप्रधानमन्त्री लिङदेन

blog

इलामको रोङ गाउँपालिकामा अवस्थित बहिनी पाथीभरामा आयोजित आर्यक्रममा बोल्दै मन्त्री लिङदेन । तस्बिर: प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर(इलाम), फागुन ८ गते । उपप्रधानमन्त्री तथा जलस्रोत सिँचाइ तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेनले चाँडै विद्युत प्राधिकरणद्वारा शेयर निष्कासन गराउने तयारी भएको बताउनुभएको छ ।

इलामको रोङ गाउँपालिकामा अवस्थित बहिनी पाथीभरामा आयोजित आर्यक्रममा बोल्दै मन्त्री लिङदेनले सो कुरा जानकारी दिनुहुँदै शेयर निष्कासनबाट सङ्कलित रकमले थप विद्युत उत्पादन गरी विकासका काम अगाडि बढाउने बताउनुभएको हो । 

उहाँले निष्कासित शेरयमध्ये २९ प्रतिशत शेयर खाडीमा रहनुभएका युवालाई दिइने जानकारी पनि दिनुभयो

उहाँले शेयर निष्कासन भएपछि उत्पादित विद्युत खरिद सम्झौताका अनुसार भारत र बङ्गलादेशमा विद्युत बेच्ने बताउनुभयो ।

भारत र बङ्गलादेशसँग विद्युतको व्यापार सहज हुने बताउनुहुँदै मन्त्री लिङदेनले भन्नुभयो, ‘‘हामी नतिजा आउने गरी काम गर्नुपर्छ भन्नेमा लागेका छौँ, बुढीगण्डकी, दूधकोसी र तमोर जस्ता जलाशयमा ठूला आयोजना सञ्चालन हुनेछन् ।’’