• १३ साउन २०८१, आइतबार

कृषि जैविक विविधता सन्तुलनका लागि जिन बैंक

blog

गाभर सामुदायिक होमस्टेमा रहेको किराहरुको जिन बैंक र सञ्चालक कृष्ण चौधरी । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), फागुन ७ गते । कृषि जैविक विविधतालाई सन्तुलन राख्न किराहरुको महत्वपूर्ण भूमिका रहने भन्दै बाँकेमा किरासंरक्षण अभियानका लागि जिन बैंक सञ्चालनमा ल्याइएको छ । बाँकेको कोहलपुर नजिक गाभर सामुदायिक होमस्टेमा सामुदायिक जिन बैंक सञ्चालनमा आएपछि हराउदै गएका किराहरु देखिन थालेका छन् । 

नेपाल होमस्टे संघका महासचिव समेत रहनभएका कृष्ण चौधरीले गत बर्ष फागुनबाट सामुदायिक जिनबैंक सञ्चालनमा आएको बताउनुभयो । उहाँले विश्वमा ३५ सय प्रजातिका किरा रहेको बताउँदै किरा संरक्षण भएन भने मानिसको आयू घट्दैजाने बताउनुभयो ।

गाभर सामुदायिक होमस्टेमा किरालगायत छ वटा आनुवांशिक स्रोत संरक्षण गर्न थालिएको छ । २५ घर होमस्टे रहेको सो सामुदायिक होमस्टेमा घाँसेबाली, अन्नबाली, किरा, जलीय जिव, शुक्ष्म जिवाणुृ, पशुपंक्षी गरी ६ वटा अनुवांशिक स्रोत संरक्षणका लागि डेमोको रुपमा शुरुवात गरिएको चौधरीले बताउनुभयो । अहिले गाभर भ्याली होमस्टेमा किराका लागि उचित बासस्थान, आहारका लागि आवश्यक व्यवस्थापन मिलाइएको छ । 

मानिसले प्रयोग गर्ने विषादी र रासायनिक मलका कारण धेरै लाभदायी किराहरु पृथ्वीबाट नै नष्ट हुँदै गइरहेका छन् । खेतबारीमा समेत उत्पादन क्षमता घट्दैगएको छ । वातावरण सन्तुलनका लागि किराको महत्वपूर्ण भूमिका रहेकाले बिषादी प्रयोग गरेर किरा मार्न नहुने होमस्टे सञ्चालक चौधरीको भनाइ छ ।  

गाभर भ्याली होमस्टे अहिले यही नमुना कार्यले लोकप्रिय बन्दै गएको छ । करिब दुई जनालाई खानेबस्ने व्यवस्थासहित कार्यक्रम गर्न सभाहलको समेत व्यवस्था भएपछि औपचारिक कार्यक्रमका लागि होमस्टे रोजाइ बन्न थालेको छ ।