• १३ असोज २०८१, आइतबार

एकीकृत समाजवादी सम्बद्ध तीन भातृसंस्थाको समिति गठन

blog

तीनवटै भातृ संस्थाका नवनिर्वाचित पदाधिकारीलगायत।तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ७ गते। ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध तीनवटा संस्थाको एकसाथ समिति गठन गरिएको छ। पेसागत महासङ्घ नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नयाँ समिति गठन गरिएको हो ।

सदरमुकाम फुङ्लिङमा तीनवटै भातृसंस्थाले शनिबार जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।पेसागत महासङ्घ नेपालको दोस्रो अधिवेशनले मुकुन्द भट्टराई अध्यक्ष रहेको १६ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ।उक्त संस्थाको कार्यसमिति उपाध्यक्षमा गङ्गा नाल्बो, महिला उपाध्यक्षमा हर्कमति लिम्बू, महासचिव लेखनाथ गुरागाईँ, सचिव कमल लामगादे, सहसचिव दिलबहादुर विक र कोषाध्यक्षमा मञ्जु राई रहनुभएको छ ।

यस्तै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कार्यसमिति अध्यक्षमा कमल भट्टराई चयन हुनुभएको छ।उपाध्यक्षमा मोहनसिंह सामेखाम, महिला उपाध्यक्ष सङ्गीता घिमिरे, सचिव बञ्जावी ओख्राबु र हरि तामाङ तथा कोषाध्यक्षमा दीपक भण्डारी रहनुभएको छ ।

एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालमा भने अध्यक्ष प्रकाश गुरुङ, उपाध्यक्ष गङ्गा नाल्बो, महिला उपाध्यक्ष सङ्गीता राई, सचिव मनिता भट्टराई र कोषाध्यक्षमा सुरेन्द्र नाल्बो लिम्बू चयन हुनुभएको छ।शिक्षक सङ्गठनको १५ सदस्यीय र कर्मचारी सङ्गठनको ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको छ।उक्त दुवै संस्थाको भने प्रथम जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।

तीनवटै संस्थाको कार्यसमिति सर्वसम्मत चयन गरिएको नवनिर्वाचित प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष कमल भट्टराईले जानकारी दिनुभयो।

उहाँकाअनुसार सङ्गठनहरूको विधानबमोजिम प्रदेश तथा केन्द्रीय प्रतिनिधि पनि अधिवेशनले छनोट गरेको छ।अधिवेशन एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालका केन्द्रीय सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख चेतनाथ न्यौपानेको उपस्थितिमा सम्पन्न गरिएको हो।