• १३ असोज २०८१, आइतबार

इनरुवामा दौड प्रतियोगिता

blog

दौड प्रतियोगिता विजेता किरन लिम्बु । तस्विर : जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव । 

इनरुवा, फागुन ७ गते । सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक चार सय बढी धावकहरूको सहभागितामा प्रथम इनरुवा दौड प्रतियोगिता सम्पन्न भएको छ । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेटको आयोजनामा भएको दौड प्रतियोगिताको उपाधि नेपाल प्रहरीका किरन लिम्बुले पाउनुभएको हो ।

इनरुवा दौड प्रतियोगितामा भिया लिम्बु द्धितिय, प्रशान्त तामाङ तृतीय हुनुभएको छ । त्यसैगरी उत्कृष्ट १० मा कौशल राई, सरोज सिंह, अमर यादव, सरोज लिम्बु, नवीन गुरुगं, वीजय राई र विर्ख बहादुर दोर्जे सहितका पुरस्कृत हुनुभएको हो । त्यसैगरी, महिलातर्फ रिक्की लिम्बु पहिलो हुनुभएको छ । 

प्रथमसहित शीर्ष दशलाई इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगद, साइकल शिल्ड र प्रमाण पत्र वितरण गर्नुभएको छ । प्रमुख भण्डारीले इनरुवाको पहिचान र खेलकुदको विकास, शारीरिक तथा मानसिक विकासका लागि आफूले पहिलो पटक प्रथम इनरुवा दौड प्रतियोगिताको आयोजना गरेको र चार बढी धावकहरू सहभागी हुनुभएकोमा खुसी व्यक्त गर्नुभयो ।

भण्डारीले उपाधिसहित पहिलो र शीर्ष दशमा पर्न सफल भएकाहरूलाई बाधाइसहित प्रजातन्त्र दिवसको अवसरमा शुभकामनासमेत व्यक्त गर्नुभयो ।  

प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाली काग्रेंसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्व राज्यमन्त्री सिताराम मेहता, सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला अस्पतालका प्रमुख डा. देवराज घिमिरे, इनरुवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईसहित चार सय १० जना धावकहरूले सहभागिता जनाउनुभएको थियो ।