• १७ वैशाख २०८२, बुधबार

जनताको हितमा ऐन ल्याउनेछु: मन्त्री मोदी

blog

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ।

काठमाडौं, फागुन ४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखसँग मन्त्रालयको सभाहलमा छलफल गर्नुभएको छ ।

भावी पुस्ताको भविष्यसँग मुलुक र जनताको हितलाई केन्द्रमा राखेर ऐन ल्याउने तयारी भइरहेको उहाँले बत्ताउनुभयो । 

ऐनको विषयमा बाहिर सकारात्मक माहौल बनाउन भूमिका निर्वाह गर्न समेत मन्त्री मोदीले निर्देशन दिनुहुँदै भन्नुभयो, “तपाईँहरू यो समाजको अब्बल र बौद्धिक मान्छे हुनुहुन्छ, ऐनको सन्दर्भमा बाहिर सकारात्मक वातावरण निर्माण गर्ने दायित्व तपाईँहरूको पनि हो, तपाईँहरूबाट म यो भूमिकाको अपेक्षा गर्न चाहन्छु ।” 

मन्त्री मोदीले ऐनको विषयमा यसअघि पूर्वप्रधानमन्त्री, मन्त्रालयका पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, पूर्वसचिव, विज्ञ, कर्मचारी सङ्गठनका पदाधिकारीलगायतसँग परामर्श गरिसक्नुभएको छ।

छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करले छलफलमा प्राप्त सकारात्मक सुझावलाई मन्त्रालयले ग्रहण गर्ने बत्ताउनुभयो । 

विज्ञकारूपमा धारणा राख्नुहुँदै त्रिभुवन विश्वविद्यालय, जनप्रशासन क्याम्पसका सहप्रा डा. नरेन्द्रराज पौडेलले कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी रहेको बत्ताउनुभयो।

“नेपालमा नैतिकताको धरातल निकै कमजोर छ, कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी छ, कर्मचारीलाई कसरी नैतिकताको कसीमा बाँध्ने हो ? अन्तर्राष्ट्रिय अभ्यास समेत हेरेर ऐनमा केही व्यवस्था राखौँ” उहाँले भन्नुभयाे । 

छलफलमा निजामती ऐनमा छड्के प्रवेश, श्रेणीगत वा तहगत व्यवस्था, आरक्षणलगायतका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

यस्तै, सेवामा रहेका निजामती कर्मचारीलाई अन्यायमा हुने गरी ऐन नल्याउन महाशाखाका प्रमुखहरूले सुझाव दिनुभएको थियो ।