• १३ साउन २०८१, आइतबार

सत्यमोहन जोशीको स्मरणमा कार्यक्रम

blog

–सत्यमोहन जोशीको स्मरणमा गरिएकाे कार्यक्रममा सहभागीहरू ।

गोरखापत्र समाचारदाता

ललितपुर, फागुन १ गते । वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको सम्झनामा मिसा साहित्यकार मुनाले हालै लोक साहित्य परिषद बखुंबहाल ललितपुरमा ‘सत्यमोहन जोशी लुमंका’ कार्यक्रमको आयोजना गरेको छ ।

नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख प्राडा. सुन्दरकृष्ण जोशीले आफु प्रमुख भएको समयमा सत्यमोहन जोशीसँग विभागमा सहकार्य गरेको अनुभव आदानप्रदान गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन प्राडा. माणिकरत्न शाक्य, लोेकसाहित्य परिषदका अध्यक्ष राजितबहादुर श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रतिसरा साय्मि, लोककवि राजभाइ जकःमिलगायत बीस जना साहित्यकारले स्व. जोशीलाई स्मरण गर्दै साहित्य वाचन गर्नुभयो ।